गैरकानुनी आप्रवाशीहरुलाई छिट्टै ब्यबस्थित गरिने : राष्ट्रपति ओबामा

१ मंसिर २०६९, शुक्रबार ०४:०० मा प्रकाशित

वासिंगटन, १ मंसिर । राष्ट्रपति बराक ओबामाले गैरकानुनी आप्रवाशीहरुलाई छिट्टै ब्यबस्थित गरिने बताएका छन् । दोश्रो कार्यकालका लागि निर्वाचित भए पछी पहिलो पल्ट ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति बराक ओबामाले इमिग्रेशनसंग सम्बन्धित नीतिमा सुधार ल्याउने प्रक्रिया तत्कालै सुरु गरिने जानकारी दिनु भएको हो । राष्ट्रपति ओबामाले भन्नु भयो, ‘ तत्कालै सुरु गर्न लागिएको इमिग्रेशनसंग सम्बन्धित नीतिमा सुधार ल्याउने प्रक्रियाले गैरकानुनी आप्रवाशीहरुलाई ब्यबस्थित गर्नुको साथै भारत र चिन जस्ता मुलुकका दक्ष आप्रवाशी कामदारलाई पनि अमेरिकामै राख्ने नयाँ नीति अबलम्वन गरिनेछ ।’ उनले भने, ‘इमिग्रेशनसंग सम्बन्धित नीतिमा सुधार ल्याउने प्रक्रियामा दुवै दलको सहमति रहने छ ।’ ओबामाले भने, “इमिग्रेशन रिफर्म” संग सम्बन्धित बिल छिट्टै काँग्रेसमा प्रस्तुत गरिने छ र त्यस लगतै यो प्रक्रिया सुरु हुनेछ । ‘ उनले पत्रकार सम्मेलनमा स्पष्ट सब्दमा भने, ‘ सिनेटर्स, काँग्रेस म्यान र उनका सहयोगी कर्मचारीहरु बीच इमिग्रेशनसंग सम्बन्धित जरूरी कुराकानी भै सकेको छ । राष्ट्रपति ओबामाले जोड दिए इमिग्रेशन नियम बोर्डर सुरक्षा संग ध्यान दिएर तय गरिने छ । उनले भने, ‘ हामीले आफ्नो सिमा सुरक्षाको लागि पनि कडा नियम बनाउनु जरूरी छ ।’ पत्रकार सम्मेलनको अन्त्यमा राष्ट्रपति ओबामाले भने, ‘विभिन्न देशका युवाहरु यो देशमा आउनु गलत होइन, उनीहरु यहाँ पढ्छन, अमेरिकी झन्डालाई माया गर्छन र अमेरिकी सेनामा काम गर्न चाहन्छन र उनीहरुलाई स्वदेश फर्काइन्छ भन्ने त्रास कायम गर्नु जायज होइन । हामीले उनीहरुलाई अमेरिकी नागरिकता हासिल गर्ने अवसर दिनु पर्छ ।’

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी