यस्तो रह्यो नेताहरुको भाइटीका

१ मंसिर २०६९, शुक्रबार ००:११ मा प्रकाशित

काठमाडौ, ३० कार्तिक (रासस) । भाइटीकाको उपलक्ष्यमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले आज ११ बजेर २३ को शुभसाइतमा टीका लगाएका छन् । कांग्रेस सभापति सुशील कोइरालाले काठमाडौँको बाफलस्थित बहिनी शशी शर्माको हातबाट टीका लगाए । यता काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले भने जुठो परेकाले यसपालिको दसैँ र तिहारको टीका लगाएनन् । देउवाको बुवा र पौडेलको आमा यसैवर्ष दिवंगत भएकाले दुवैले टीका नलगाएका हुन् । एमाले अध्यक्ष झलनाथ खनालले झापाको जुँगेखाडीस्थित दिदीको घरमा टीका लागाउनुभएको छ । उनी टीकाको लागि हिजो झापा गएका थिए । त्यसैगरी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले कुपण्डोलस्थित माइली बहिनी इन्दिरा न्यौपानेको घरमा एक दिदीसहित दुई बहिनीको हातबाट टीका लगाएका छन् । नेता नेपालसहित उहाँका दुई भाइ विनोद नेपाल र सरोज नेपालले दिदी कालिका भण्डारी र बहिनीहरुद्वय इन्दिरा न्यौपाने र बसुदा पोखरेलको हातबाट कुपण्डोलमा सामूहिक टीका लगाएका हुन् । यस्तै राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले बहिनी मञ्जु थापा, शान्ति सिजापति र सम्झना कार्कीको हातबाट ११:२३ को साइतमा टीका लगाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले बहिनी जयराज्यलक्ष्मी शाहबाट टीका ग्रहण गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बहिनीहरु विमला विष्ट, रीता थापा र बशु कार्कीको हातबाट टीका लगाए । यसैबीच राष्ट्रपति डा रामवरण यादवले भने आज टीका लगाएनन् । सांस्कृतिक कारणले गर्दा राष्ट्रपतिले टीका नलगाउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए । यस्तै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले पनि भाइटीका लगाएनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर