तिहारको अन्तिम दिन आज भाइटीका

३० कार्तिक २०६९, बिहीबार ०५:५६ मा प्रकाशित

काठमाडौ, ३० कार्तिक । तिहारको अन्तिम दिन आज नेपाली दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामना गर्दै भाइटीका लगाउँदैछन् । भाइटीकाको शुभसाइत बिहान ११ बजेर २३ मिनेटमा सुरु हुने र सूर्यास्तसम्म टीका लगाउन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भाइटीका अगाडि दिदीबहिनीले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजा गरि तेलको घेरा लगाएर यमराजबाट दाजुभाइको रक्षा गर्छन । त्यसै गरि आफ्ना दाजुभाइलाई कहिल्यै नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला तथा सप्तरङ्गी टीका लगाइदिएर दीर्घायुको कामना समेत गर्छन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिये पछी मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने र दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन रहेको छ । दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइले आज काठमाडौँको रानीपोखरीको बीचमा प्रताप मल्लले बनाएको भनिएको यमलेश्वर महादेव मन्दिर गई दर्शन गरी टीका लगाउछन । उक्त मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिन सर्वसाधारणका लागि खुला गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

आजको प्रमुख समाचार