श्रममन्त्रीबाट सरिता गिरी आउट, एमएस थापा ईन

१० चैत्र २०६८, शुक्रबार ०९:५४ मा प्रकाशित

काठमाडौ, १० चैत । प्रधानमन्त्री डा बाबुराम भट्टराईले श्रम तथा यातायात मन्त्री सरिता गिरीलाई पदमुक्त गरेका छन् । आज प्रधानमन्त्रीले गिरीलाई पदमुक्त गरेर राष्ट्रियजनमुक्ती पार्टीका संसदीय दलका नेता एमएस थापालाई नयाँ श्रम तथा यातायात मन्त्रीमा नियूक्त गरेका छन् । थापाको आजै सपथ ग्रहण हुने स्रोतले जनाएको छ । मन्त्री गिरीले प्रधानमन्त्री डा बाबुराम भट्टराई निकट बैदेशिक रोजगार विभागका महानिर्देशक पूर्ण चन्द्र भट्टराईलाई तीन महिनाकालागी  काजमा मन्त्रालयमा हाजिर गराएपछि प्रधानमन्त्री रुष्ट बनेका थिए । उनले मन्त्री गिरीसँग सो विषयमा स्पष्टिकरण समेत सोधेका थिए । तर मन्त्री गिरीले स्पष्टिकरण नदिई पत्रकार सम्मेलन गरेर महानिर्देशक भट्टराईले राम्रो काम नगरेको भ्रष्टचारलाई प्रसय दिएको आरोप लगाएकी थिईन । गिरीको पत्रकार सम्मेलनपछि प्रधानमन्त्री आक्रोसित बनेका थिए । उनले गिरीलाई बोलाएर पत्रकार सम्मेलन बारे आक्रोस पोख्दै पदबाट हटाउने चेतावनी दिएका थिए । गरीले भट्टराईलाई हटाएर मानवहादुर विकलाई महानिर्देशक बनाएकी थिईन । गिरी निकट स्रोतका अनुसार पदमुक्त भएपछि गिरी सो काण्डको बास्तविकता सार्वजनिक गर्ने तयारीमा रहेकी छिन् ।

यसैबीच प्रधानमन्त्री भट्टराईले दुई राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गर्नु भएको छ । मन्त्री र राज्यमन्त्रीवीच बिबाद भएका कारण मन्त्रालयको काममा असर परेपछि भूमिसुधार राज्यमन्त्री र पयर्टन राज्यमन्त्रीलाई सरुवा गरिएको छ । भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी साहलाई पयर्टन राज्यमन्त्रीमा र हाल पर्यटन राज्यमन्त्री रहेका दिलिप महर्जनलाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो