चिनिया कम्युनिष्ट पार्टीको महाधिबेशन आज सकिदै, स्वतन्त्र तिब्बतको मुद्दा अझै ओझेलमा

३० कार्तिक २०६९, बिहीबार ००:०३ मा प्रकाशित

काठमाडौँ, ३० कार्तिक । बेइजिंगको ग्रेट हलमा एक साता देखि जारि सत्तारुढ चिनिया कम्युनिष्ट पार्टीको महाधिबेशन नयाँ नेतृत्व चयन गर्दै आज बिहिबार सम्पन्न हुदै छ । राजधानी बेइजिंगको ग्रेट हलमा रहेका २२०० भन्दा बढी प्रतिनिधिहरुको उपस्थितिमा चिनिया कम्युनिष्ट पार्टीको महाधिबेशनले चीनको नयाँ नेतृत्व चयन गर्न लागेको हो । जारि महाधिबेशनलेनै चीनको नीति निर्माण गर्ने सर्वोच्च संस्था चिनिया कम्युनिष्ट पार्टीको पोलिट ब्युरो समेत चयन गर्ने छ । महाधिबेशनले चयन गरेको नयाँ नेतृत्व भोलि बिहिबारनै सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सर्वत्र चासोको नजरले हेरिएको चिनिया नयाँ नेतृत्वले आगामी दिनको राजनीतिक र आर्थिक नीति कसरि संचालन गर्ने हुन् यति बेला बाकी दुनियाँको ध्यान यस तर्फ आकृष्ट छ । महाधिबेशनले शी जिनपिंग चिनिया कम्युनिष्ट पार्टीको नयाँ नेता र लि कोचियांग उप नेता तय गर्ने अनुमान गरिएको छ । शीले बर्तमान राष्ट्रपति हू जिंताओको स्थान लिने अनुमान गरिएको छ । अनुमान गरिए अनुसार उप प्रधानमन्त्री वांग किशान, प्रचार बिभाग प्रमुख लिउ युनशान, संगठन बिभाग प्रमुख ली युआन्चाओ र अर्का उप प्रधानमन्त्री जांच डेजियांग मुख्य पदका दाबेदार हुन् ।  तर अनुमान गरिए झैँ ९ बाट ७ सदस्यमा सिमित गर्न लागिएको पोलिट ब्युरो मा को हट्ने को रहने र कति संख्या हुन्छ भन्न अझै मुश्किल रहेको छ । हरेक दश बर्षमा नेतृत्व परिवर्तन हुदै आएको चिनिया कम्युनिष्ट पार्टीको महाधिबेशनमा माओ र देंगले आफैले आफ्नो उत्तराधिकारी घोषणा गरेका थिए । बन्द कोठा भित्र जनबादी केन्द्रीयता लादिएको पार्टी महाधिबेशनमा नेतृत्वले नयाँ नेता महाधिबेशन अघिनै चयन गरिसक्ने प्रचलन रहेको छ । चिनियाँ संचार माध्यमहरुले दिएको जानकारी अनुसार ३५० सदश्य रहेको केन्द्रीय समितिको ८ प्रतिशत उम्मेदवार चयन भै सकेको छ भने बाँकि नयाँ सदश्यहरुको पनि छनौट जारि छ । केन्द्रीय समिति चिनिया कम्युनिष्ट पार्टीको औपचारिक तवरले नीतिगत निर्णय गर्ने सर्वोच्च संस्था बताइए पनि नेतृत्वले नयाँ नेता महाधिबेशन अघिनै चयन गरिसक्ने प्रचलन रहेको छ झन् चिनिया जना शेनाको उल्ल्खेय सहभागिता रहन्छ ।केन्द्रीय समिति नीतिगत निर्णय गर्ने सर्वोच्च संस्था बताइए पनि चिनिया परम्परा अनुसार महत्वपूर्ण निर्णय लिदाँ राष्ट्रपति र प्रधानमन्त्रीले पोलिटब्युरोको अनुकुल परामर्श  लिन्छन जसलाई महाधिबेशनमा अनुमोदन गरिन्छ । चीनलाई नियाँलीरहेका विश्लेषकहरुका अनुसार जनबादी केन्द्रीयता र फलामे अनुसासनमा बाँधिएका महाधिबेशन प्रतिनिधिहरुले नेतृत्वले प्रश्तुत गरेको नीति तथा कार्यक्रम रबर स्ट्याम्पका रुपमा लालमोहर लगाउने काम मात्रै गर्ने हुन् । स्मरण रहोस चिनिया कम्युनिष्ट पार्टीको यो महाधिबेशनमा पनि ७० बर्ष देखि प्रवाशमा बसेर स्वतन्त्रता र मातृभूमि फर्कने  लडाई लडी रहेका तिब्बतीहरु, चिन भित्रै स्वतन्त्रता र प्रजातन्त्रको लडाई लडी  रहेका करोडौ चिनिया र चरम भ्रष्टाचारमा मुछिएका नेताहरुको बिषयमा कुनै पनि छानबिन र सम्बोधन हुन सकेन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार