पाल्पाको रानीमहलमा अवका दिनमा वालक देखी बृद्धसम्म सजिलै पुग्न सक्ने

२९ कार्तिक २०६९, बुधबार २३:०२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३० कार्तिक । नेपालको ताजमहलको रुपमा चिनिएको एतिहासिक, धार्मिक पर्यटकिय हिसावले अति महत्वपुर्ण पाल्पाको रानीमहलमा अवका दिनमा वालक देखी बृद्धसम्म सजिलै पुग्न सक्ने भएका छन । करीव १५ बर्षको अन्तरालमा सदरमुकाम तानसेन देखी रानीमहलसम्म मोटरवाटो निर्माण भएपछि चाहेको वेला जो सुकै पनि रानीमहलमा सजिलै पुग्न सक्ने भएका हुन । पैदलमार्ग बाट सदरमुकाम तानसेन देखी १० किलोमिटर दुरी रहेतापनि मोटर बाट भने १७ किलोमिटर यात्रा गरेमा अव सजिलै रानीमहलको अवलोकन गर्न सकिने छ ।गत आर्थिक बर्षमात्र करीव ५० लाखको लागतमा ३ किलोमिटर बाटो पुरा भएपछि रानीमहलसम्म मोटरवाटो पुगेको हो । यातायात बाट सदरमुकाम तानसेन देखी १ घण्टामा रानीमहलसम्मा पुगीने छ । छोटो समय भएकाहरुलाई समेत ३ घण्टा भित्र रानीमहल घुमेर सदरमुकाम फर्किन सकिने भएको छ । रानीमहल सम्म बाटो संचालनमा आएपछि आन्तरीक तथा वाह्य पर्यटकहरुको दिनहु बृद्धि हुदै गएको छ । दैनिक ४० वटा सम्म मोटरसाईकल, १० देखी १५ वटा सम्म जिपहरु रानीमहलसम्म पुग्ने गरेको स्थानीयवासी भेषराज पाण्डेले बताए । दैनिक रुपमा रानीमहल पुग्ने पर्यटकको संख्यामा बृद्धि हुदै गएपछि श्रीनगर यातायात व्यबसायी समिती तानसेन पाल्पाले सार्वजनिक यातायाता संचालन शुरु गरेको छ । स्थानीयवासी, पर्यटकको अत्याधिक माग आएपछि यातायात व्यबसायी समितीका पदाधिकारी, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, बाटो निर्माण उपभोक्ता समिति, स्थानीवासीहरुको सहभागितामा सदरमुकाम तानसेन देखी रानीमहलसम्म बाटो अनुगनम गरेपछि सार्वजनिक यातायात संचालनमा आएको हो । सवैको सहभागितामा तानसेन देखी रानीमहलसम्मको एक सय रुपैया यातायात शुल्क निर्धारण गरिएको छ । अव २ सय रुपैयामा रानीमहल सम्म आवतजावत गर्न सकिने छ । श्रीनगर यातायात व्यबसायी समितीले दैनिकरुपमा सदरमुकाम तानसेन देखी २ वटा जिप संचालन शुरु गरेको छ । तत्कालको लागी समितिले सार्वजनिक यातायात संचालनमा ल्याएको छ,, अवका दिनमा पर्यटको मागको आधारमा सवारी साधन थप्दै लैजाने समितिका अध्यक्ष डिल बहादुर ढुङ्गानाले बताए । सार्वजनिक यातायात संचालनको लागी बाटो अनुगनमको लागी रानीमहल पुगेका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम न्यौपानेले लामो समयपछि पाएको यो सफलताले अवका दिनमा नेपालको ताजमहल हेर्न आउने पर्यटकहरुको संख्या बृद्धि हुने बताए । राणा खड्ग शमशेरले कान्छी श्रीमती तेजकुमारीको संझनामा विस १९४९ रानीमहलको निर्माण शुरु गरी १९५४ मा निर्माण पुरा गरेका थिए । मुक्तिनाथ क्षेत्रदेखी चितवनको देवघाट क्षेत्रसम्म बगेको कालीगण्डकी रानीमहलको १ किलोमिटर क्षेत्रमा मात्र दक्षिण बाट उत्तर तर्फ बगेकोले रानीमहल क्षेत्रको धार्मिकरुपमा पनि विशेष महत्व रहेको छ । राणा खड्ग शमशेरले ज्वातिष हेराएर मात्र काली गंगाको तिरमा रानीमहल निर्माण गरेका थिए । हिन्दु धर्म अनुसार उत्तर तर्फ बगेको गंगामा स्नान गरेमा वैकुण्ठ वास हुने जनविश्वास रही आएको छ । रानीमहललाई प्रेमको प्रतिकको रुपमा समेत लिने गरिन्छ, प्रेमी प्रेमीकामो सम्वन्ध कस्तो हुनुपर्दछ भन्ने तर्फ पनि आजका युवाहरु लाई रानीमहले सही पाठ सिकाएको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

आजको प्रमुख समाचार