विदेशीलाई नागरिकता दिन सिफारिस गर्ने सचिव फरार

२९ कार्तिक २०६९, बुधबार १०:२६ मा प्रकाशित

सिन्धुपाल्चोक, २९ कात्तिक । तिब्बती नागरिक पेमा लामालाई नेपाली नागरिकताको प्रमाण–पत्र दिन सिफारिस गर्ने सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोट गाविसका सचिव नवराज सेन फरार भएका छन् ।
तिब्बतीयन नागरिकता प्रकरणमा पक्राउ परेकाहरुले गाविस सचिव नै मुख्य दोषी भएको बयान प्रहरीलाई दिएपछि सचिव सेन फरार भएका हुन् । सचिव सेनलाई जिल्ला प्रहरी कार्यालयले केही दिन अघि नै सम्र्पकमा आउन भनेपनि नआइ फरार भएको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रताप गुरुङले जानकारी दिए । केही वर्ष अघिसम्म प्रधानमन्त्रीको कार्यालयमा चिया बोक्ने काम गर्दै आएका सचिव सेनको आर्थिक अवस्था एका एक उकासिएको देखेर प्रहरी प्रशासनसमेत छक्क परेको गुरुङ्को भनाइ छ ।  प्रहरी प्रमूख गुरुङका अनुसार सेनले आर्थिक प्रलोभनमा परेर तिब्बतीयनलाई नागरिकता दिन सिफारिस गरेका हुन् ।
सचिवका आफन्तहरुले तिब्बतीयनलाई नागरिकता दिन दाजु बनेर सिफारिस गर्ने वाङदोर्जे लामाका आफन्तहरुले अपहरण गरेको शंका गरेका छन् । जिल्ला विकास समितिका कर्मचारी अवैधानिक काममा संलग्न भएपनि जिविसले भने अहिलेसम्म आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।
गएको भदौ २० गते तिब्बतीयन नागरिक लामालाई नेपाली नागरिकता दिन सचिव सेनले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सिफरिस गरेको पाइएको छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी

झापा । विगतमा महामारीकै रुपमा देखिएकोे डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

आजको प्रमुख समाचार