बाबुरामलाई अछुतो ठानेर सहमति खोजिदैछः प्रचण्ड

२९ कार्तिक २०६९, बुधबार १०:२५ मा प्रकाशित

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्व सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा पुनः जोड दिएका छन् । उनले बाबुरामलाई ‘अछुतो’ ठानेर सहमति हुन नसक्ने पनि प्रष्ट पारेका छन् ।
आज उनको निवासमा रिपोटर्स क्लवको नेतृत्वमा पुगेको पत्रकार टोलीसंग कुरा गर्दै प्रचण्डले सबै कुरामा सहमति बनेपनि सरकारका विषयमा आएर कुरा अड्किएको पनि बताए । उनले थपे, ‘हाम्रो चाहना बाबुरामजीकै नेतृत्वमा सहमतिको सरकार निर्माण गरेर जाऔं भन्ने हो, तर, बाबुरामजीलाई अछुतो ठानेर सहमति खोजिदै छ त्यो राम्रो होइन । उनले सहमतिका लागि सबै विकल्पमा छलफलका लागि तयार रहेको बताए ।
उनले बैशाखमा निर्वाचन गर्ने विषयमा निर्वाचनको प्रक्रियामा पनि सहमति भइसकेको दावी गर्दै सामानुपातिक सीट संख्या टुंग्याउन बाँकी रहेको बताए । उनले सहमतिका लागि आफू जुनसुकै त्यागका लागि तयार रहेको दावी गरे । उनले २००७ साल र २०४६ सालमा आएको परिवर्तन बिचमा प्रतिगमन भएर संस्थागत हुन नसकेको र अहिले फेरि सहज निकास दिन नसके प्रतिगमनकारीले खेल्न सक्ने खतरा रहने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

आजको प्रमुख समाचार