अब दलिय सहमति भाइटिकापछि मात्र

२९ कार्तिक २०६९, बुधबार १०:११ मा प्रकाशित

काठमाडौ, २९ कात्तिक । अब तिहारपछि मात्र राजनीतिक सहमति हुने भएको छ । दलका नेताहरुले तीहार अघि नै दलिय सहमति जुटाई राजनीतिक निकास दिने बताएका थिए । तर, छलफलमा सहभागि दलहरुका अडानका कारण त्यो असम्भव भयो ।
राष्ट्रपति डा रामबरण यादवले पनि बजेटलगायतका विषयमा सहमति गर्न दलका नेताहरुलाई पटके सुझाव दिएका थिए । राष्ट्रपतिले हिजो मात्र शीतलनिवासमा बोलाएर प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर बजेट लगायतका विषयमा जसरी पनि सहमति गर्न आग्रह गरेका थिए । सबै दलका नेताहरु तिहारको मौका पारेर जिल्ला केन्द्रीत भएका कारण पनि औपचारिक छलफलको कम सम्भावना रहेको एमाओवादी प्रवक्ता अग्नि सापकोटाले बताए ।  हिजो राष्ट्रपतिसँगको भेटमा प्रमुख चार शक्तिका शीर्ष नेताहरुले मंसिरको पहिलो सातासम्ममा सहमति गर्ने प्रतिबद्वता जनाएका थिए ।
नेपाली काङ्ग्रेसमा भने प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजीनामा दिएको अवस्थामा पार्टीको अडानमा लचिलो हुँदै सहमतिको वातावरण मिलाउनुपर्ने विषयमा कुरा चलेको छ ।
काँग्रेस नेता डा मिनेन्द्र रिजालले सहमतिको बाधकनै वर्तमान सरकार भएकाले प्रधानमन्त्रीले राजीनामा दिएमा आगामी सरकारको नेतृत्वको बारेमा पनि लचिलो भएर छलफल गर्न आफूहरु तयार भएको बताए । राजधानीमा आयोजित एका कार्यक्रममा नेता रिजालले भने, ‘तिहारअघि सार्थक वार्ताको सम्भावना कम छ । तर, सरकारको नेतृत्व गरिरहेको दल एकीकृत माओवादीले कुनै ठोस सहमतिको प्रस्ताव ल्याए शीर्ष नेताहरुको वा पार्टी बैठक बसेर भए पनि निर्णय गर्न आफूहरु तयार छौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी