शनिश्चरेस्थित शरणार्थी शिविरमा आगलागी

२९ कार्तिक २०६९, बुधबार ०९:५८ मा प्रकाशित

मोरङ, २९ कात्तिक । मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिबिरमा भिषण आगलागी भएको छ । मंगलबार राति १० बजेतिर शिविरको सेक्टर डी ३ बाट अचानक आगलागी भएको शिविर सचिब चम्पसिंह राइले बताए । आगोबाट कम्तिमा पनि ३० वटा छाप्रा जलेर खरानी भएका छन् । अगलागीबाट शिबिरको न्युहोराइजन स्कुलको एउटा ब्लक समेत जलेको छ ।
लक्ष्मी पूजाको लागि बालिएको बत्तीबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको सचिब राइले जानकारी दिए । आगलागीबाट छाप्रो गुमाएका कम्तिमा २ सय शरणार्थीहरु आफन्त र छिमेकीको छाप्रोमा बसेका छन् । भुटानी शरणार्थी शिविर दमकबाट गएको दमकल र प्रहरीको प्रयासमा आगो राति १२ बजेतिर नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

आजको प्रमुख समाचार