नेपाल संवतको नयाँ वर्ष ११ सय ३३ शुरु, राजधानीमा धुमधामका साथ मनाइदै

२९ कार्तिक २०६९, बुधबार ०९:४८ मा प्रकाशित

काठमाडौं, २९ कात्तिक । नेपाल संवतको नयाँ वर्ष ११ सय ३३ शुरु भएको छ । भने, उपत्यकाका तीनवटै शहरमा बिहानैदेखि विभिन्न साँस्कृतिक झाँकी सहितका र्‍याली निकालेर नेपाल सम्बतको स्वागत गरिदैंछ ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले इ.सं. ८ सय ८० मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गरेका थिए । नेपाल संवत् ८ सय ८८ वर्षसम्म आधिकारिक संवत्का रूपमा चलेको थियो । नेपाल संवत् शुरु गरी समाज तथा राष्ट्रलाई युगान्तकारी योगदान दिएकोले शङ्खधर साख्वालाई सरकारले विं.सं. २०५५ मा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःको देश र जनताप्रतिको योगदानको कदर गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले विसं. २०५६ मङ्सिर २ मा साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
यसैगरी गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको मन्त्रिपरिषद्द्वारा विसं. २०६५ कात्तिक ७ मा राष्ट्रिय विभूति शङ्खधर साख्वाःद्वारा प्रतिपादित यस संवत्लाई राष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।
राष्ट्रपति डाक्टर राववरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराईसहित बिभिन्न राजनीतिक दलले विज्ञप्ति निकालेर नेपाल संवतको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।सानै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्ने सूचीमा १९ वर्षीया करिना पुरी पनि थपिएकी छन् । करिना पुरी महाधिवेशन प्रतिनिधिका

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको निर्वाचन सम्बन्धी परराष्ट्र मत्रालयले गरेको सबै निर्णय र पत्राचारहरु कार्यान्वयन नगर्न अदालतले आदेश दिएको

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा