अनाथालयलाई सुन्दरीको सहयोग

२८ कार्तिक २०६९, मंगलवार १७:१३ मा प्रकाशित

चन्द्रकान्त खनाल
रुपन्देही, २८ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार संघारमै आइपुग्दा मंगलबार आम युवायुवती तिहारको रमझमको तयारीमा व्यस्त देखिन्थे तर सोहि अवसरमा मिस लुम्बिनीकी उपविजेता भैरहवाकी सुजता गुरुङ्ग भने स्थानीय सहयोगी दाता, न्यु इरा तथा भिमसेन मेमोरीयल स्कुलका विद्यार्थीहरु बाट संकलित रकमले अनाथालयमा आश्रीत बालबालिकाका लागि नयाँ तथा पुराना कपडा (ज्याकेट, पाइन्ट, ट्रयाकशुट), खानाका लागि खाद्यान्न सामाग्री, अध्ययनका लागि (कापी कलम), व्यक्तिगत सरसफाइका लागि (सावुन, ब्रस, मञ्जन), ओड्नका लागि ब्ल्याङ्केट, सिरक जस्ता अत्यावश्यक सामाग्रीहरु वितरणका लागि मणीग्राम, आनन्दवन स्थित आत्मशान्ती अनाथालयमा पुगेकी थिइन् ।
मिस लुम्बिनी उपविजेताको ताज सँगै सेभेन नेपालकी सद्भावना दुत बनेकी सुजताले संस्थाको सहयोगमा सामाजिक सक्रियता बढाएकी हुन् । हाल उनी अध्ययनका साथ साथै बिदाका दिनहरुमा अनाथ आश्रम, वृद्धा आश्रम, गरीब निमुखाको घर आगनमा पुग्छिन् र तिनीहरुको लागि सहयोग जुटाउने कार्यमा तल्लिन देखिन्छिन् । उनको यो कार्यलाई सेभेन नेपालकी कार्यक्रम सयोजक अनिता पाठकले सघाउनुका साथै भावी कार्य योजना र कार्यक्रमलाई प्रभावकारी बनाउन समेत पाठकले अभिप्रेरित गर्दै आएकी छिन् ।
“सेवा नै धर्म हो” भन्ने युक्ति लाई अंगिकार गर्दै मिस लुम्बिनीकी उपविजेता सुजता गुरुङ्गले सेभेन नेपाल नामक सामाजिक संस्थाको सहकार्यमा स्थानीय विद्यालयमा सेभेन नेपाल फण्ड राइजिङ क्लब गठन गरी सहयोग रकम, पुराना कपडा तथा अध्ययनका लागि कापी, कलम संकलन गर्दै आएकी छिन् सोहि संकलित रकमले अनाथालय, सडक बालबालिका एंव गरीब तथा जेहेन्दार विद्यार्थीहरु लाई भौतिक तथा आर्थिक सहयोग गर्दै आएकी छिन् ।
गत माघ महिनामा इ प्लानेट र सेभेन नेपाल को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममिस लुम्बिनी तथा लिटिल मिस लुम्बिनीको मुख्य उद्देश्य पनि युवायुवतीमा अन्र्तनिहत प्रतिभा उजागर गराउनुका साथै उनीहरुलाई सामाजिक कार्यमा अग्रसर गराउनु रहेको थियो र उक्त उद्देश्य प्राप्तिका लागि संस्था केहि हदसम्म सफल भएको पनि कार्यक्रम व्यवस्थापक अनिता पाठकले बताइन् ।
सौन्दर्य प्रतियोगिता आयोजना गर्ने विभिन्न संस्थाहरुको बिच राजधानी काठमाडौंको बागबजारमा अवस्थित इ प्लानेट प्रा. लि पृथक पहिचान र उपलब्धि मूलक कार्यक्रम आयोजनाको अग्रणी स्थानमा रहेको छ । उक्त संस्थाको आयोजनामा हुने राष्ट्रिय स्तरको कार्यक्रममा क्षेत्रिय कार्यक्रमका विजेताले सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् भने राष्ट्रिय कार्यक्रमका विजेताले अन्तराष्ट्रिय कार्यक्रममा सहभागिता जनाउनेछन् । यसै क्रममा उक्त संस्थाले यहि अाँउदो पौष महिनामा एक साथ चार राष्ट्रिय कार्यक्रम लिटिल मिस नेपाल, मिस टिन इन्टरनेशनल, मिस इन्टरनेशनल तथा मिसेज नेपाल को आयोजना गर्दैछ, मिस लुम्बिनीकी उपविजेता सुजता गुरुङ्गले मिस इन्टरनेशनलमा सहभागिता जनाउने छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार