कालीगण्डकी किनारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने

२८ कार्तिक २०६९, मंगलवार १७:१७ मा प्रकाशित

नवलपरासी, २८ कात्तिक । नवलपरासीको कालीगण्डकी नदी किनार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कालीगण्डकी नदी किनारका बासिन्दा सक्रिय भएर लागेका छन् ।
गैंडाकोट गाविस देखी पहाडी क्षेत्रको रकुवा गाविस सम्मको तटिय क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न योजना बनाएर लैजानका लागी पांच गाविसका स्थानीयहरु सक्रिय भएका हुन् ।कोटथरको थामबेशी, बुलिङटारको रामेश्वरघाट, भारतीपुर र मिथुकरमको घुमारीघाट र डेढगाउँको अकलादेवी मन्दिर ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्र भएकाले त्यसको विकासमा स्थानीयले चासो लिएका हुन् ।
बुलिङटारको रामेश्वरघाट ऐतिहासिक धार्मिक क्षेत्र भएकाले त्यसको संरक्षणमा लागि परेको बुलिङटार पुर्व गाविसका अध्यक्ष पदमराज गिरीले बताए । घुमारी क्षेत्र भगवान श्रीकृष्णले कामधेनु गाईको दुध खाएका बेला कालीगण्डकी नदीले बचाएकाले त्यसको छुट्टै ऐतिहासिक धार्मिक महत्व भएकोले यस क्षेत्रलाई एतिहासिक एवं पुरातात्वीक महत्वका कारण पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्ने नेपाली काँग्रेसका जिल्ला सचिब बिष्णु लामिछानेले बताए ।रमणीय पर्यटकीय स्थल भएकाले बालीघाट र अकलादेवीको मन्दिरको विकास आवश्यक रहेको एवं सो तयारीका लागि ठुलो रकमको आवस्यक्ता भएकाले यस क्षेत्रको विकासकालागि सरकारी लगानी आबश्यक भएको डेढ गांउका स्थानीयवासी हुमनाथ भट्टराईले बताए । कालीगण्डकी कोरिडोर सडकको निर्माण कार्य छिटो भए यस ठाउँको विकास हुने उनले बताए । माथिल्लो भाग महाभारत पर्वत श्रृखला भएकाले नदीको तट र त्यसको विकास संगै गरेर आर्थिक उपार्जन गरी गरिवी निवारण समेत गर्न सकिने छ । विकासको आधार सडक भएकाले त्यसको पहुचका लागि सरकारी स्तरको सहयोग खाँचो भएको स्थानीय बासिन्दाको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

कञ्चनपुर । भीमदत्त नगरपालिका– ९ खल्लाका उत्तमप्रसाद पन्त परिवारसहित छिमेकीको घरमा आश्रय लिएर बस्नुभएको छ । बाढीले बेसहारा बनाएकाले छिमेकीको

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाएका

कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले