जिल्ला फुटवल सघंद्वारा रेफ्री तालिम

२८ कार्तिक २०६९, मंगलवार १७:०७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २८ कात्तिक । जिल्ला फुटवल सघं नवलपरासीले स्थानीय स्तरमा हुने प्रतियोगिता सञ्चालन गर्नमा सहयोग पुग्ने उदेश्यका साथ जिल्लामा ४० जना स्थानीय रेफ्री तयार गर्नका लागि तालीम संचालन गरेको छ ।
फुटवल खेल जिल्लामा निकै हुने तथा प्रतियोगिता सञ्चालनमा रेफ्रीहरुको माग धैरै भएकाले जिल्लाको रामनगर गाविसको कबडहलमा रेफ्री तालीम संचालन गरिएको जिल्ला फुटवल सघंका अध्यक्ष प्रकाश पंगेनी ले बताए ।
जिल्लामा तालिम प्राप्त रेफ्री नहुंदा आयोजना स्थलमा रेफ्रीको गलत निर्णयका कारण झै झगडा हुने गरेको छ भने सघंले माग भएको ठांउमा तालिम प्राप्त रेफ्रीलाई प्रयोग गर्न नसक्दा यस्तो वातवरण सिर्जना भैरहेको र प्रतियोगिता सञ्चालनमा अनुसासन कायम गर्न सकिने अपेक्षा सहित रेफ्री तालिम सञ्चालन गरिएको लागिएको अध्यक्ष पंगेनीले बताएका छन ।
जिल्ला फुटवल सघंको आयोजनामा संचालित तालीम दुई दिन सम्म चल्ने छ । सहिद स्मृती रङ्गशाला भुमहीमा सहभागीलाई खाना वस्न र रेफ्री जर्सि साथै झण्डा सहभागीलाई उपलव्ध गराई रेफ्री तालिमको आयोजना गरीएको जिल्ला फुटवल सघंका महासचिव सेतवहादुर पुनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणकाे अन्तिम खेलमा आज (मंगलबार) समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’का खेलहरू हुँदैछन् ।

काठमाडौं।आठौंपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) का प्रशिक्षक फुजा तोपे नेपाल आइपुगेका छन् । मंगलबार

अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकार उल्लंघनमा घटनामा

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेका नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको