व्यापार संघले स्थापना दिवसमा चियापान

२८ कार्तिक २०६९, मंगलवार १७:०५ मा प्रकाशित

रुपन्देही, २८ कात्तिक । रुपन्देही व्यापार संघले आफ्नो १२ औं स्थापना दिवसको अवसर पारी चियापान तथा लक्ष्मीपूजाको कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष टंकप्रसाद पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका सचिव डिल्लीराज भण्डारी तथा पण्डित जनार्दन न्यौपानेले धार्मिक परम्परा अनुसार लक्ष्मी पुजन गर्नुभएको थियो । सो अवसरमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले समेत लक्ष्मी पुजा गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले भर्खरै सम्पन्न भएको विजयादशमी, ईद तथा आउंदै गरेको दिपावली, छठ तथा नेपाल सम्बत्को शुभकामना आदानप्रदान गर्नुभएको थियो ।
कार्यक्रममा यस क्षेत्रमा कृयाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि एवं पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो । संघका विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्नो स्थापना दिवशको अवसर पारि लक्ष्मी पुजन तथा चियापान कार्यक्रम गर्दै आएको थियो । साथै संघले प्रथम पटक गर्न लागेको लृम्बिनी एक्स्पो २०१२ एवं अन्तराष्ट्रिय व्यापार मेला भव्य रुपमा सम्पन्न गर्नका लागि सबैसंग अनुरोध समेत गरेको छ । संघको २०५७ सालमा आजकै दिन मोतिराज ज्ञवालीको संयोजकत्वमा स्थापना गरिएको संघका महासचिव यमलाल लोहनीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको