परीक्षा सुरु नहुँदै एसएलसीको प्रश्नपत्र बाहिरियो

१० चैत्र २०६८, शुक्रबार ०८:५६ मा प्रकाशित

कपिलबस्तु, १० चैत । कपिलबस्तुको एउटा परीक्षा केन्द्रबाट विद्यार्थीलाई उत्तरपुस्तिका बाड्न नपाउँदै प्रश्नपत्र बाहिरिएको छ । कपिल्वस्तुको रत्नराज्यलक्षी उच्च मावि परिक्षा केन्द्रबाट आज हुने अनिवार्य गणितको उत्तरपुस्तिका परीक्षा सुरु हुनु अगाडी नै बाहिरीएको हो । प्रश्नपत्र बाहिरिएपनि विद्यार्थीलाई चिट चोर्न नदिने भन्दै परिक्षा भने सञ्चालन भइरहेको छ । जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी महेन्द्र श्रेष्ठले पनि प्रश्नपत्र बाहिरिएको सूचना आएको बताउनुयभो । श्रेष्ठले छानविनका लागि टोली परीक्षाकेन्द्रमा पठाइसकेको र सत्य तय पत्ता लगाएर कारवाही प्रक्रिया अगाडी बढाउने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको