सडकबाट सरकार फाल्ने राप्रपाको चेतावनी

२८ कार्तिक २०६९, मंगलवार १६:४८ मा प्रकाशित

काठमाडौ, २८ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले भट्टराई नेतृत्वको सरकारलाई सडकबाटै फाल्ने दाबी गरेका छन् । लामो समयसम्म प्रयास गर्दा पनि सहमति नभएकोले अब तत्काल सहमति बन्ने आशलाग्दो सम्भावना नभएको उनको धारणा थियो । अबको तीन दिनमा सहमतिबाट मुलुकलाई निकास दिनु मुलुकको आवश्यकता भए पनि त्यो सम्भावना टर्दै गएको भनी राणाले निरासा व्यक्त गरे । सहमतिविना पूर्ण बजेट आउनै नसक्ने भन्दै दलहरुवीच अहिले पूर्ण बजेटमा सहमति हुने सम्भावना नभएकोले राष्ट्रपतिले पनि जारी नगर्ने दाबी अध्यक्ष राणाले गरे ।
यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले अहिले पूर्ण बजेट ल्याउन सरकारलाई दलहरुले सहमति दिए दलहरुवीच सहमतिको सम्भावना अझै टाढिएर जाने चेतावनी दिएका छन् । उनले नयाँ बन्ने सहमतिको सरकारले मात्रै मुलुकमा पूर्ण बजेट ल्याउन सक्ने ठोकुवा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार