यतिबेला राष्ट्रपति मात्रै संवैधानिक : उपराष्ट्रपति झा

२८ कार्तिक २०६९, मंगलवार १६:४६ मा प्रकाशित

काठमाडौ, २८ कात्तिक । ‘म मात्रै संवैधानिक र अरु खराव’ भन्ने प्रधानमन्त्रीको सोच पूर्ण रुपमा गलत भएको उपराष्ट्रपति परमानन्द झाले टिप्पणी गरेका छन् । मंगलबार देसी–भैलो कार्यक्रम बोकेर उपराष्ट्रपतिनिवास पुगेका सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने– ‘अहिलेको सरकार मिसावट भएको तेलजस्तो हो भने राष्ट्रपतिचाहिँ खाँटी हो ।’
उक प्रश्नको जवाफमा उपराष्ट्रपति झाले बैशाखभित्रमा मुलुकले जनप्रतिनिधि पाउनु पर्ने भन्दै जसले त्यसमा अड्चन थाप्छ उसको लागि त्यो कर्म प्रत्युत्पादक हुने चेतावनी दिए । अब नेपाली जनताले धेरै पर्खंदैनन् भन्ने हेक्क राख्नु जरुरी भएको उल्लेख गर्दै उनले मुलुकलाई दलहरुले नै निकास दिनुपर्ने बताए । समुन्द्र मन्थन गरेर अमृत निकाल्न पनि लामो समय लागेको प्रसंग झिक्दै उपराष्ट्रपतिले नेपालमा दलहरुको सहमति कायम गर्ने प्रयास पनि अझै अधुरो रहेको र पूर्ण रुपले सहमतिको मन्थन भएपछि समस्या निराकरण हुने विश्वास व्यक्त गरे ।
बाहिर हल्ला गरेजस्तो राष्ट्रपति चुप लागेर नबसेको उनको कथन थियो । विगतमा अध्यादेशहरु राष्ट्रपतिले जारी गरेकोले अहिले सहमतिविना अध्यादेश जारी हुँदैन भनेर भन्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै उनले सहमतिमा पूर्ण बजेट आउन नसके फेरि पनि एक तृतियांश बजेट ल्याउनु पर्ने सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको