आगलागि हुन थालेपछि अनिश्चितकालिन कफ्र्यु

१० चैत्र २०६८, शुक्रबार ०८:५४ मा प्रकाशित

बाग्लुङ, १ चैत । बागलुङ जिल्लाको पश्चिम देविस्थान गाउँविकास समिति वडा नं ७ स्थित तल्लो वेङ्रीमा पटक पटक आगलागिका घटना दोहोरिन थालेपछि अनिश्चितकालिन कफ्र्यु जारी गरिएको छ । गएको पुस २५ गतेदेखि यस क्षेत्रमा लगातार रुपमा भद्रबहादुर घर्तिको एक गोठ, तुलबहादुर कुवँरको एक गोठ, नरबहादुर घर्तिको एक घर र एक गोठमा गरी  चौथो पटक आगलागि भएपछि गएको ७ गते यस वडा भित्रका स्थानिय बासीन्दाको वैठक बसि यस्तो निर्णय गरिएको हो । साथै वैठकमा पुर्व खहरेखोला देखि पश्चिम बोहोरागाउँ गाविसमा पर्ने टुङ्टङ्गे सम्म र उत्तर चिभेको थाम्को देखि निसीखोला सम्म बेलुकि साढे ८ बजेदेखि विहान ५ बजेसम्म कफ्र्यु लगाउने र कफ्र्युको समयमा कुनैपनि व्यक्ति त्यस स्थानमा प्रवेश गर्न नपाउने यदि अत्याबसेक काम परेमा पुर्व ईलाका सदस्य भविन्द्र कुवँरलाई सम्पर्क गरी आवत जावत गर्न सकिने निर्णय गरेको हो । कफ्र्यु गएको ७ गते बेलुकि साढे ८ बजेदेखि नै जारी गरिएको छ । चारै पटकको घटनामा दोषी ठहरिन नसकेपछि यस्तो निर्णय गर्नुपरेको स्थानिय बासिन्दाले बताएका छन् । घटनाको बारेमा छानविन भईरहेको र चार पटककै घटनामा गरी करिव २० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय झिवाखोलाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) हिजो साँझ चोरी भएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको