प्रेमीले ज्यानको धम्की दिएपछि अभिनेत्री सौजन्या प्रहरी शरणमा

२८ कार्तिक २०६९, मंगलवार ११:०० मा प्रकाशित

काठमाडौं, २८ कात्तिक । आफूलाई फिल्म निर्माता र अभिनेता रोज राणा भनी चिनाउन रुचाउने सरोज थापा नामक व्यक्तिले ज्यान लिने धम्की दिएको भन्दै फिल्म अभिनेत्री सौजन्या सुब्बाले प्रहरीमा उजुरी दिएकी छिन् । थापाकी प्रेमिकासमेत रहेकी सुब्बाले बिहे गर्न नमानेकोले आफू र आफ्नो परिवारलाईसमेत सिध्याउने धम्की थापाले दिएको ललितपुर प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेकी छिन् ।
आपराधिक चरित्रका सरोज थापा उर्फ रोज राणा विभिन्न अपराधमा पटक–पटक प्रहरी खोरमा पुगेका व्यक्ति हुन् । नामका लागि फिल्म निर्माण तथा अभिनय क्षेत्रमा प्रवेश गरेका भए पनि उनको राजधानी लगायतका विभिन्न स्थानमा डान्स रेस्टुरेन्टहरु र अन्य अपारदर्शी व्यवसायसमेत सञ्चालनमा रहेको सिनेक्षेत्रका व्यक्तिहरुको कथन छ । विभिन्न युवतीहरुसँग नाम जोडिए पनि केही महिनायता सौजन्या र राणाबीच अफेयर रहेको चर्चा चल्दै आएको थियो । सौजन्याले पनि डेढ वर्षजति आफू रोजको प्रेममा परेको स्वीकार गरेकी छिन् । उसले आफ्नी पत्नीलाई डिभोर्स गरेको ठानेर बिहे गर्ने हिसाबले प्रेम गरेको तर डिभोर्स नगरेको थाहा पाएपछि टाढिएको र यही चोटका कारण रोजले आफू र आफ्नो परिवारलाई मार्ने धम्की दिएको उनको कथन छ । स्मरण रहोस्, कुनैबेला मानव तस्करीको मुद्दामा नख्खु जेलसमेत बिताएका रोजलाई फलफूल र खानेकुरा बोकेर दैनिकजसो सौजन्या जेलमै भेट्न पुग्थिन् ।
सौजन्या पनि पूर्वविवाहिता हुन् । सिनेमामा काम गर्नकै लागि उनले श्रीमान्सँग सम्बन्ध बिच्छेद गरेकी थिइन् । सम्बन्ध बिच्छेदलगत्तै उनी रोजसँग नजिकिएकी जानिफकारहरुको भनाई छ । तर, रोजको गुणगिरी चरित्र र आपराधिक कर्मबाट अत्तालिएर पछिल्लो समयमा सौजन्याले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन्द्र चन्दसँग प्रेम सम्बन्ध गाँस्दै आएकी थिइन् । रोजलाई यो सैह्य भएन र सौजन्यालाई धम्क्याउन थालेको बुझिएको छ ।
यसैबीच रोजले आफू र सौजन्याबीच पटक–पटक शारीरिक सम्बन्ध भएको र त्यसको भिडियो पनि आफूसँग रहेको, आवश्यक परे त्यो सार्वजनिक गर्न आफू तयार रहेको अभिव्यक्ति दिएको चर्चाले रोज–सौजन्या प्रकरणलाई थप तताएको छ । उता सौजन्याले भने रोजसँग आफूले कहिल्यै यौन सम्बन्ध नराखेको दाबी गर्दै आफ्नो बदनाम गराउन मात्र रोजले यस्तो कुरा गरेको बताएकी छिन् । तर, रोज र सौजन्याबीचको यौन सम्बन्धको भिडियो आफूले देखेको दाबी एक सिने पत्रकारले परिचय नखुलाउने सर्तमा बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार