दुई तिब्बती एमआरपी पासपोर्ट सहित पक्राउ

२८ कार्तिक २०६९, मंगलवार ०३:४४ मा प्रकाशित

काठमाडौं, २८ कार्तिक । दुई तिब्बती नागरिकले नक्कली नागरिकता बनाइ नेपाली मेसिन रिडेबल पासपोर्ट लिन सफल भएको रहश्य खुलेको छ । सोमबार काठमाडौं हुदै थाई एयरवेजद्वारा बैंकक जान लागेका तिब्बती नागरिकबाट उनीहरुको साथमा भएको नेपाली एमआरपी बरामद भएपछी यो रहश्य खुलेको हो । विमानस्थल स्थित सुरक्षा जाँचको क्रममा प्रहरीले सोधपुछ गर्दा नेपाली बोल्न नजानेपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो । सिन्धुपाल्चोक जिल्लाको नक्कली नागरिकता बनाइ मेसिन रिडेबल पासपोर्ट लिन सफल तिब्बती नागरिक लोब्साङ जमाङ र केशालग रिन्जिन हुन् । लोब्साङ र रिन्जिनको साथबाट ०६११२७२९ , ०६११२७२९ नम्बरको राहदानी बरामद भएको छ । काठमाडौं प्रहरीको जिम्मा लगाएपछि उनीहरूको नागरिकता जाँच गरिएको थियो । उनीहरुले नक्कली नागरिकता बनाइ मेसिन रिडेबल पासपोर्ट लिन सफल भएको प्रहरीको अनुसन्धान बाट खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ