बेल्जियममा गोर्खाली सैनिकको स्मृति सभामा एनआरएन र तमु समाजबीच बिबाद

२८ कार्तिक २०६९, मंगलवार ००:०८ मा प्रकाशित

विकास शर्मा, बेल्जियम । प्रथम विश्वयुद्धमा ज्यान गुमाउन पुगेका नेपाली मुलका गोर्खाली सैनिकको स्मृतिमा भाग लिन बेल्जियमको इप्पर पुगेका एनआरएन बेल्जियम र तमु समाजबीच विवाद बढेको छ । प्रथम विश्व युद्धमा शहादतभएका विश्वका लाखौँ सहिद सहित गोर्खाली नेपालीहरु पनि शहादत भएका थिए, जसलाई सन् २००२ मा बेल्जियमको तमु समाजले अनुसन्धान गरि पत्ता लगाएर प्रत्येक वर्ष स्मृति दिवस सहित पुष्पगुच्छा अर्पण गर्दै आएको थियो ।

यसैबीच बेल्जियम सरकारले बीर गति प्राप्त नेपाली मुलका नागरिकहरुलाई स्मारक बनाउने स्वीकृति दिएको कुरा सार्वजनिक गर्दै तमु समाजका अध्यक्ष तथा प्राध्यापक पदम वहादुर गुरुङ प्रवासीले खुशी व्यक्त गरे । नोभेम्बर ११ प्रथम विश्वयुद्धको अन्त्यको घोषणा गरिएको स्मरणीय दिन थियो । सो अवसरमा विश्वका कैयौं देशका नागरिक सहित लाखौंले शहादत प्राप्त गरेको कालो इतिहासको एउटा त्रासदीमय दिन रहेको छ । हजारौं मानिसले भाव विभोर भएर श्रद्धा सुमन व्यक्त गर्ने त्यो दिनमा नेपाली समुदायहरु भने स्मारक कुन समुदाय वा संस्थाले बनाउने भन्ने विषयमा चर्को विवाद सृजना गरे ।

बेल्जियमका युवराज फिलिप र फेलेमिस प्रधानमन्त्री क्रिस पिटरले पुष्पगुच्छा सहित श्रद्धान्जली अर्पण गर्दा हजारौं दर्शकहरु भाव विह्वल थिए । विभिन्न देशका महामहिम, प्रतिनिधि लगायत राष्ट्रिय सैनिकहरुको उपस्थित थियो । अनेकौं वाजा गाजा र टुकडीसहित शहिदहरुलाई सम्झने क्रममा तमु समाज बेल्जियको सक्रियतामा बेल्जियमवासी नेपालीहरु पनि त्यहाँ पुगेका हुन् ।

एनआरएन बेल्जियमकी अध्यक्ष जानकी गुरुङ र सल्लाहकार युवराज गुरुङले स्मारक बनाउने जिम्मा एनआरएन बेल्जियमले लिनुपर्ने जिकिर गरेपछि विवाद बल्झिएको हो । सर्वसाधारण नेपालीको उपस्थिति रहेको उक्त भेलामा सर्वसाधारणले विरोध गरेपछि विवाद साम्य भएको थियो । ‘एनआरएन बेल्जियम व्यक्तिका कारणले असफल संस्था हो, जयन्तु संस्कृतमद्वारा थालिएका साँस्कृतिक घर बनाउने योजनामा अन्तर्गत सुरुवात गरिएको महायज्ञलाई एनआरएन बेल्जियमले भाँजो हालेपछि आजसम्म त्यो पैसा उठाउन सकिएको छैन, समाजका अगुवाहरु लाजै नमानी बसेका छन् । जो उनीहरु हिजो सम्मान खान मंचमा दौडिएको भिडियो यद्यपी छदैंछ, एकजना सर्वसाधारणले आक्रोश पोखे ।

तमु समाजका अगुवा रामबहादुर गुरुङले सन् २००२ मा करिव ८० वर्षपछि आफ्ना पुर्खाले शहादत गरेको कुरा पत्ता लगाएको इतिहासलाई अरु कसैले आज आएर फाइदा उठाउन चाहन्छ र शहिदप्रति अन्याय गर्छ भने सह्य नहुने धारणा राखे । सोही क्रममा नेपाली काँग्रेसकी नेतृ तथा चितवन ट्रष्टकी अध्यक्ष सीता सापकोटाले पूर्खाको सम्मानमा स्तम्भ बन्ने कुरामा हर्ष भएपनि निश्पक्ष र सक्षम योग्य संस्थालाई बनाउन जिम्मा दिइनुपर्ने राय व्यक्त गरिन् । ‘यो कुनै जाती वा समुदायको होइन, समग्र नेपालीको प्रतिष्ठाको विषय हो कसैले पनि राजनीतिक दुराशय र कलुषित भावना छ भने बीरगती प्राप्त शहिदप्रति अपमान मात्र होइन, अन्याय, अशोभनीय र घृणितकार्य ठहर्छ उनले थपिन् ।

सो अवसरमा नेपाली जनसम्पर्क मंचका शालिक गौतम सौर्य दैनिकका पत्रकार तथा नमस्ते युरोपका व्लग प्रतिनिधिलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।