त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरे दुई लाख १३ हजारभन्दा बढीले आवतजावत

१४ फाल्गुन २०७८, शनिबार ११:०४ मा प्रकाशित

काठमाडौं।कोरोना महामारीबीच काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)बाट गत जनवरी महिनामा २ लाख १३ हजार ४५५ जनाले आवतजावत गरेका छन् ।

अध्यागमन विभागका अनुसार टीआइएबाट आवतजावत गर्नेमध्ये ८९ हजार ४९९ जना नेपाल आउने र १ लाख २३ हजार ९५६ जना नेपालबाट बाहिरिने रहेका छन् ।

विभिन्न देशबाट नेपाल आउनेमा ७० हजार ३२६ जना पुरुष, १९ हजार १६२ जना महिला र पहिचान नखुलेका ११ जना रहेका छन् ।

सन् २०२२ जनवरीमा नेपाल छोड्नेमध्ये एक लाख ३५१ जना पुरुष, २३ हजार ५९४ जना महिला र पहिचान नखुलेका ११ जना रहेको विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार गत जनवरीमा टिआइएबाट आवतजावत गर्नेमा विदेशको संख्या ३४ हजार ९५९ रहेको छ भने नेपालीको संख्या १ लाख ७८ हजार ४९६ रहेको छ ।

जनवरीमा बिभिन्न देशबाट ७२ हजार ५२४ जना नेपाली स्वदेश फर्केका थिए । सोही अवधिमा १ लाख ५ हजार ९७२ जना नेपाली देश छोडी विदेश गएको विभागले जनाएको छ ।

गत वर्ष सन् २०२१ मा कूल १५ लाख २१ हजार ४३४ जनाले टिआईबाट आवतजावत गरेका थिए । यसरी आवतजावत गर्नेमा नेपाल आउनेको संख्या ७ लाख ३८ हजार ५४ रहेको थियो भने नेपालबाट बाहिरिनेको संख्या ७ लाख ८३ हजार ३८० रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

आजको प्रमुख समाचार