बाल्टिमोरमा जनसम्पर्क समितिको चियापान, शिघ्र अधिबेशनको माग

२७ कार्तिक २०६९, सोमबार २३:५५ मा प्रकाशित

बाल्टिमोर । नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरले आइतवार दिपावलीको सुभकामना सहित चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापानमा कांग्रेस शुभेच्छुकहरुले सिघ्र महाधिवेशन गरि गुट र समूहमा विभाजित अमेरिकाको कांग्रेसलाई एकत्रित हुन आग्रह गरेका थिए । आइतवार आयोजित चियापान कार्यक्रममा  बाल्टिमोर वरपर रहेका कांग्रेस शुभेच्छुकहरुका बीच आजैदेखि नेपाली जनसम्पर्क समितिको केन्द्रीय महाधिवेशनको लागि वातावरण बनाउन पहल गर्ने प्रतिवद्धताब्यक्त गरेका थिए । बाल्टिमोर च्याप्टरका सभापति सुभाष घिमिरेको सभापतित्वमा भएको चियापान एवं शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी सबैले आन्तरिक विवादले आपसमा मतभेद मात्र सिर्जना गरेको र त्यसले अमेरिकाका कांग्रेस शुभेच्छुकहरुको छबी नै नकारात्मक बनेको भन्दै तत्काल एकता महाधिवेशनको प्रक्रिया अगाडी बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित कांग्रेस शुभेच्छुक डाक्टर श्याम कार्कीले कांग्रेसीहरुलाई सुझाव दिदैं भन्नुभयो,’तपाईंहरुको झगडाले तपाईंहरुलाई नै घाटा भैरहेको छ, तमासा नदेखाउनुस्, अनावश्यक र व्यक्तिगत झगडाले तपाईंहरुको ऊर्जा र समय मात्र खेर गैरहेको छ, मिलेर पार्टीको सिद्धान्त र उद्देश्य अनुरुपका कामहरु गर्नुस् ।’ अर्का शुभेच्छुक डाक्टर भीम कट्टेलले पनि एकापसमा मिलेर आन्तरिक विवादलाई समाधान गर्ने दिशामा अग्रसर हुन सुझाव दिनुभयो । कार्यक्रमको आरम्भमा च्याप्टरका पूर्व सभापति एवं केन्द्रीय महाधिवेशन तयारी समितिका सदस्य रामचन्द्र अधिकारीले च्याप्टरका सभापति सुभाष घिमिरेलाई आफ्नो कार्यकालको बरबुझारथ गर्नुभएको थियो । च्याप्टरको अधिवेशन गत सन् २०१० जुलाई ६ तारिख भएको थियो । अधिवेशनबाट घिमिरेको नेतृत्वमा नयाँ समिति निर्वाचित भएतापनि अधिकारीले आफ्नो कार्यकालको बरबुझारथ गर्न बाँकी नै थियो । बरबुझारथपछि आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा पूर्व सभापति अधिकारीले विगतमा जे जस्तो भएतापनि अब सबै आन्तरिक एकतालाई मजबुत बनाउन लाग्नुपर्ने धारणा व्यक्त गर्दै अमेरिकामा रहेका सबै कांग्रेस शुभेच्छुकहरु एक हुनुपर्छ भन्नुभयो । कार्यक्रमममा केन्द्रीय सदस्य नारायण थापाले जनसम्पर्क समितिको एक संरचना निर्माण भई कांग्रेस महाधिवेशनमा अमेरिकाबाट सात जना महाधिवेशन प्रतिनिधि र तीन जना महासमिति सदस्यले प्रतिनिधित्व समेत गरिसकेको अवस्थामा अहिलेको निष्क्रियता र अन्योललाई चिर्न महाधिवेशन प्रतिनिधिहरुलाई पहल गर्न आग्रह गर्नु भयो । कार्यक्रममा चित्रा केसी लगायतका बक्ताले आपसी झैझगडालाई समाधान गरेर एकताको अधिवेशन गर्नु पर्ने धारणा व्यक्त गरेका थिए । कांग्रेसका सक्रिय सदस्य जेदू पोखरेलले वादविवादले कांग्रेस कमजोर भएको पीडा व्यक्त गर्नुभयो । च्याप्टरका उपसभापति राज सेन्चुरीले संचालन गरेको शुभकामना आदानप्रदान कार्यक्रममा च्याप्टरका सहसचिव अनुप खनाल, सदस्य कुलप्रसाद गुरुङ,सदस्य एवं अमेरिका नेपाल सोसाईटीका नवनिर्वाचित सचिव मुकुन्द दाहाल, बाल्टिमोर एशोसियसन अफ नेपलीज इन अमेरिका बानाकी पूर्व अध्यक्ष एवम जनसम्पर्क समितिकी महाधिवेशन प्रतिनिधि रबिना थापा, श्यामकृष्ण घिमिरे,आनन्दकृष्ण घिमिरे,दुर्गाप्रसाद श्रेष्ठ, कृष्णबहादुर चुनारा,कृष्ण सिंह,दीपक घिमिरे,प्रमिला दाहाल, नेपाल अमेरिका सोसाईटीका पूर्व अध्यक्ष खेम भट्टचन लगायतले दीपावलीको शुभकामनासहित आ आफ्ना भनाइहरु व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।