वैद्यसमूहले मोर्चाको घोषणा गर्दै, चैत महिनाको दवाव कार्यक्रम आजै सार्वजनिक गर्ने

१० चैत्र २०६८, शुक्रबार ०८:५१ मा प्रकाशित

काठमाडौ, १० चैत । एकीकृत नेकपा माओवादीको वैद्य समूहले जनसंविधानका लागि दवाव दिन भन्दै आज सामूहिक मोर्चाको घोषणा गर्ने भएको छ । हिजो छलफल गरेका साना वामदलहरुसँगको सहकार्यमा वैद्य समूहले जनसंविधानका लागि दवाव दिन भन्दै आज दिउँसो १२ बजे सयुक्त मोर्चाको घोषणा गर्ने छ । आज दिउँसो साना वामदलहरुको सहभागितामा पत्रकार सम्मेलन गरि दवाव मुलक कार्यक्रम सहित मोर्चाको घोषणा हुनेछ । एकीकृत नेकपा माओवादीले संविधानका विषबस्तुमा कांग्रेस र एमालेसँग सम्झौत गर्न लागेको निस्कर्ष निकालेको वैद्य समूहले संविधानका २० बुदे अन्र्तबस्तु सार्वजनिक गरेको छ । वैद्यसमूहले पहिलो एजेण्डा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको राजीनामा रहेपनि मोर्चाले संविधानका विषयबस्तुलाई अगाडी सारेर दवावका कार्यक्रम बाहिर ल्याउनेछ । मोर्चाको नाम  र आन्दोलनका कार्यक्रमबारे अहिले बिहान टुङगो लाग्ने क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणी थापाले जानकारी दिनुभयो । थापाका अनुसार पहिलो चरणमा चैत महिनाभरीका कार्यक्रम ल्याउने र दोस्रोचरणमा बैषाख र जेठका कार्यक्रम ल्याउने तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा