अमेरिकी सुरक्षा टोलीसँग प्रधानसेनापतिको छलफल

२७ कार्तिक २०६९, सोमबार २१:०८ मा प्रकाशित

काठमाडौं, २७ कात्तिक । नेपाल भ्रमणको क्रममा रहेको नियर इस्ट साउथ एसियाका निर्देशक जेम्स लारोक्कोसहितको चार सदस्यीय टोलीले सोमबार प्रधानसेनापति गौरव शम्शेर जबरासँग जंगी अड्डामा शिष्टाचार भेट गरेको छ ।
प्रधानसेनापतिसंगको शिष्टाचार भेटमा ‘नेसा’का प्रोफेसर डा. बव बोग्स्, एसोसियट प्रोफेसर ज्या गिल, रिसर्च एसोसियट्स किप वीटिंगटोनका साथै अमेरिकी दुतावासका चिफ डिफेन्स कोपरेसन अफिसर मेजार ड्याउड ए. लुकम्यानको समेत सहभागिता रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सन् २००० मा वासिङ्गटन डि.सी.मा स्थापना भएको सो संस्थाल दक्षिण एसिया क्षेत्रमा रहेका नेपालसहित अन्य ३० राष्ट्रका सुरक्षासँग सम्बन्धित विभिन्न विभिन्न संस्थासंग आपसी सम्बन्ध विस्तार गर्ने कार्य गर्दै आईरहेको छ ।
गत २३ गते नेपाल आएको उक्त भ्रमण टोली मंगलबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

आजको प्रमुख समाचार