संविधान बनाउन नसकेकोमा प्रधानमन्त्री ‘दुखित’

२७ कार्तिक २०६९, सोमबार २०:३० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २७ कात्तिक । प्रधानमन्त्री बाबुराम भट्टराईले वजेटलाई राजनीतिक हतियार बनाउन नहुने बताउनुभएको छ । सोमबार रुपन्देहीको पर्रोहास्थित खानेपानी आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्रीले वजेटजस्तो संवेदनशील विषयलाई रोकेर कसैलाई हित नहुने तर्क गर्नुभयो । उहाँले वजेटमा प्रतिपक्षी दलहरुको सहमति जुटाउने प्रयासमा सरकार रहे पनि सहमति हुन नसक्नु दुखद भएको बताउनुभयो ।
विगतमा पनि वजेटमा राजनीति गरेर गल्ती भएको स्मरण गर्दै प्रधानमन्त्रीले विगतबाट पाठ सिकेर अहिले वजेटमा राजनीति गर्न नहुने तर्क गर्नुभयो । समयमा पुर्ण वजेट आउन नसक्दा देशका विकास निर्माण र आर्थिक समृद्धिका गतिविधि प्रभावित भएको प्रधानमन्त्रीले बताउनुभयो । एक वर्षभित्र लडाकुको समायोजन गरी शान्ति प्रकृया निश्कर्षमा पुराएकोमा गर्व गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री भटराईले संविधान बनाउन नसकेकोमा दुख व्यक्त गर्नुभयो । जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जस्ता उपलब्धि रक्षा गर्न नयां संविधानसभाको चुनावबाटै संविधान बनाउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।
स्थानीय जनताको २ करोड, नेपाल सरकारको ५ करोड ५५ लाख गरी ७ करोड ७७लाख ७ सय ७६ रुपैयानको लागतमा खानेपानी ट्यांकी निर्माण हुन लागेको हो । प्रत्येक महिनाको एक दिन जनतासँग रात बिताउने कार्यक्रम अन्र्तगत हिजो कपिलवस्तुको चनई आउनुभएका प्रधानमन्त्रीले सोमबार काठमाडौं फर्कने क्रममा शिलान्यास गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार