पुरुषको कोटामा महिला छिराउने प्रपञ्चको भण्डाफोर

२७ कार्तिक २०६९, सोमबार १९:५० मा प्रकाशित

काठमाडौं, २७ कात्तिक । वैदेशिक रोजगारीको लागि नेपाल सरकारबाट स्वीकृति प्राप्त एभरग्रिन ईप्लाइमेन्ट सर्भिस प्रा.लि.ले नक्कली कागजात बनाई एक महिला कामदारलाई दुबई पठाउन लागेको अवस्थामा विभागको विमानस्थलमा रहेको लेबर डेस्कले रङ्गेहात पक्राउ गरेको छ । स्रोतका अनुसार ओमनका लागि तीनजना नेपाली पुरुष कामदारको संस्थागत अन्तिम श्रमस्वीकृति निकाली कागजात हेरफेर गरी त्यसैमार्फत् एक महिलालाई त्रिभुवन विमानस्थलबाट दुबई पठाउन लागेको अवस्थामा बिभागको लेबर डेस्कले पक्राउ गरेको हो ।
एभरग्रिन ईप्लाइमेन्ट सर्भिस प्रा.लि.का श्रम–प्रतिनिधि सुमन दर्लामीले वैदेशिक रोजगार विभागबाट ओमनको लागि तीनजना पुरुषको अन्तिम स्वीकृति लिई विभागको अन्तिम स्वीकृतिको कागजात (फाईल) परिवर्तन गरेर मीना परियारलाई दुबई पठाउन लागेको अवस्थामा निज मीनासहित श्रमप्रतिनिधि दर्लामीलाई पक्रउ गरिएको हो । आवश्यक अनुसन्धान जारी रहेको भन्दै विभागका उच्च अधिकारीले यसबारेमा खुलेर जानकारी दिन चाहेनन् । अनुसन्धानमा अवरोध आउने भनेर पुरा सूचना दिन नमाने पनि यस्ता प्रकृतिका अनियमिततामा विभागको उजुरी शाखाले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम कार्वाही नगरी सामान्य धरौटीमा छाड्ने गरेको छ । दर्लामीले विभागको चिठ्ठी परिवर्तन गरी एकजनाको पासपोर्टमा लगाउनुपर्ने श्रम स्टिकर (निस्सा) अर्कै अर्थात मिना परियारको पासपोर्टमा लगाएर विभागको अन्तिम स्वीकृतिको चिठ्ठी समेत परिवर्तन गरी विमानस्थलमा पेश गर्ने अर्कै पत्र तयार पारी मीना परियारलाई वैदेशिक रोजगारीको लागि दुबई मुलुक पठाउन लागेको स्रोतले दाबी गरेको छ ।
वैदेशिक रोजगार ऐन २०६४ को परिच्छेद ९ को कसूर र दण्ड सजायको दफा ४७ मा इजाजतपत्रवालाले जानी–जानी वा ऐन बमोजिम राख्नु पर्ने कुनै लिखत वा प्रतिवेदन लुकाएमा वा कुनै कुरा हेरफेर गरेमा वा झुठ्ठा व्यहोरा पारेमा वा झुठ्ठ व्यहोरा तयार गर्न लगाएमा निजलाई एकलाख रुपैयाँदेखि तीनलाख रुपैयाँसम्म जरिवाना र ६ महिनादेखि एक वर्षसम्म कैद सजायँ हुनेछ भनेर प्रष्ट व्यवस्था गरे पनि हालसम्म नक्कली कागजात तयार पारी वैदेशिक रोजगारीमा पठाउने कसैलाई पनि ऐन बमोजिम कार्वाही गरेको प्रमाण छैन् । जसका कारण गलत कारोबार गर्नेहरुको संख्या दिनदिनै बढ्दै गएको छ । ऐनले दिएको एकलाख देखि तीनलाखसम्म जरिवानाको शब्दलाई टेकेर अवैध रकम लिई दोषीलाई मुक्त गर्ने चलन रहेको छ । जसका कारण सर्वसाधारण नागरिक ठगिदै आएको पिडितहरुले उल्लेख गरेका छन् । वैदेशिक रोजगारीमा हिंडेकी मिना परियारलाई तारेखमा र एभरग्रिनका श्रमप्रतिनिधिलाई महानगरीय प्रहरी परिसर हुनमानढोका पठाईएको विभाग श्रोतले उल्लेख गरेको छ । बुधबार एभरग्रिन ईम्प्लाईमेन्ट सर्भिस प्रा.लि.का श्रमप्रतिनिधि सुमन दर्नामी र सञ्चालक छविलाल वेलवासेसँग वयान लिइएको छ । वयान नसकिएको भन्दै कार्तिक २३ गते बिहिबारकोलागि उपस्थित हुन पत्र दिइएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु