हिंसाका प्रवर्धक प्रचण्ड किन लिँदैछन् शान्तिदूतको जन्मस्थल प्रवर्धनको जिम्मेवारी ?

२७ कार्तिक २०६९, सोमबार १९:४६ मा प्रकाशित

काठमाडौं, २७ कात्तिक । एनेकपा माओवादीका अध्यक्ष प्रचण्डको संदिग्ध चरित्र झन्झन् सघन बन्दै गएको विश्लेषकहरुले टिप्पणी गर्न थालेका छन् । व्यक्तिगत फाइदाका लागि देशको सार्वभौमसत्तालाई समेत दाउमा राख्न पछि नपर्ने भनी आलोचित रहँदै आएका प्रचण्डले दसवर्षे  कथित जनयुद्धका बेला भारतसँग गरेको लिखित कबुलियतनामा शान्तिप्रक्रियामा आएको पाँच वर्षपछि सार्वजनिक भयो। तर त्यसको जिम्मेवारी हालसम्म उनले लिएका छैनन्। हालै उनले मुलुकको धार्मिक तथा सांस्कृतिक धरोहर गौतम बुद्धको जन्मथलो लुम्बिनीका लागि एउटा विदेशी संस्थासँग त्यस्तै गोप्य सम्झौता गरेका छन् जसमा के उल्लेख छ भन्ने कुरा अहिलेसम्म पनि नेपाली जनतालाई जानकारी गराएका छैनन्। अवैधानिक तवरले लुम्बिनीलाई लिएर अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध बढाएका प्रचण्डले त्यसको तीव्र विरोध भएपछि आफ्नै दलका प्रधानमन्त्रीलाई उपयोग गरेर वृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिको अध्यक्ष बनेभनेृ सोही पदको हैसियतले केही दिनअघि मात्र उनले लुम्बिनीको विकास सम्बन्धमा चिनिया संस्था एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (एपेक) सँग एउटा समझदारीपत्रमा हस्ताक्षर गरेको बुझिएको छ। तर त्यो समझदारीपत्र हालसम्म

पनि सार्वजनिक गरिएको छैन।

सुरुदेखि नै विवादित यस परियोजना बारेको समझदारी पत्रलाई गोप्य मात्र राखिएको छैन उनले नेतृत्व गरेको समितिका अन्य सदस्यहरूलाई समेत जानकारी नदिई कार्यक्रम आयोजना गरी उक्त समझदारीपत्रमा हस्ताक्षर गरिनुले त्यसबारे थप शंका उत्पन्न भएको छ। उक्त समितिमा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसमेत सदस्य छन्। तर एपेकसँगको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उनलाई आमन्त्रण गरिएको थिएन। प्रचण्डले समितिको बैठकै नराखी एक्कासि कार्यक्रम आयोजना गरेर समझदारीपत्रमा हस्ताक्षर गरेबाट यसबारे आशंका उब्जिएको विश्लेषकहरुको कथन छ।

शान्ति र संविधानको कार्यभारलाई थाँती राखेर शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आँखा गाडेका हिंसाका प्रवर्द्धक प्रचण्डले लुम्बिनीको विकासमा सिन्को भाँच्न नसके पनि त्यसका नाममा राज्य ढुकुटीको लाखौ रुपियाँ स्वाहा बनाइसकेका छन्। विगतमा प्रचण्डले लुम्बिनी विकासका लागि भन्दै चीनको भनिएको संदीग्ध संस्था एपेकलाई नेपाल भित्र्याउने प्रयास गरेका थिए। तर, राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदायलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतबाट चौतर्फी विरोध भएपछि त्यसबाट पछि हटेका प्रचण्ड वैधानिक बाटो पहिल्याउँदै आफूले बनाएको प्रधानमन्त्री बाबुराम भट्टराईबाट वृहत्तर लुम्बिनी विकास ‘परियोजना’ बनाउन लगाई त्यसको संयोजक बनेका हुन्। उनी संयोजक बनेपछि लुम्बिनी विकासको सन्दर्भमा कुनै ठोस उपलब्धि हासिल हुन नसके पनि राज्यको २५ लाख रुपैयाँ भने खर्च भएको छ । लुम्बिनी विकासमा सहयोग जुटाउने हेतुले गत वर्षको कात्तिकमा प्रचण्डले आफ्ना पुत्र प्रकाश दाहाल र भाइ नारायण दाहालसमेत साथै लिएर अमेरिकाको भ्रमण गरेका थिए। सो भ्रमणको दौरानमा उनले लुम्बिनी विकाससँग कुनै सरोकार नभए पनि बेलायतको समेत भ्रमण गर्न भ्याएका थिए। उनको त्यो भ्रमणमा राज्यको २५ लाख खर्च भयो तर उनले नेपाल फर्केर सुनाएका कुनै पनि उपलब्धि हालसम्म हात पर्न सकेका छैनन्। यति मात्र नभई प्रचण्डले लुम्बिनी विकासबारे छलफल गर्न सन् २०१२ को सुरुमै नेपालमा अन्तर्राष्ट्रिय बैठकको आयोजना गरिने भन्दै अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई निम्ता दिइने जानकारी गराएका थिए। तर, त्यस्तो बैठक अहिलेसम्म पनि आयोजना भएको छैन।

हुन त लुम्बिनीमा माओवादीले चासो देखाउनुको पछाडि लुम्बिनीको विकासभन्दा पनि राजनीतिक र आर्थिक अभीष्ट पूरा गर्नु रहेको जानकारहरू बताउँछन्। पद र पैसाका लागि जस्तोसुकै कदम चाल्न र जस्तोसुकै ढोङ रच्न सिपालु मानिएका प्रचण्डले नै लुम्बिनीको विकासको नेतृत्व लिनु आफैंमा अर्थपूर्ण रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३