सभामुखले राज्यपुनर्संरचनाबारे छलफल गर्ने

१० चैत्र २०६८, शुक्रबार ०८:४८ मा प्रकाशित

काठमाडौ, १० चैत । राज्यपुनर्संरचना सुझाव आयोगले पेस गरेको प्रतिवेदनको बारेमा सभामुख सुवास नेम्वाङ्ले आज आयोगका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ । विहान ११ बजेपछि सिंहदरमा हुने छलफलमा सुझाव आयोगले पेस गरेको प्रतवेदन र छलफल प्रक्रियाको बारेमा कुराकानी हुनेछ । यसअघि सभामुख नेम्वाङ् र प्रमुख दलका शीर्ष नेताहरुबीचको छलफलमा आयोगको प्रतिवेदनमाथिको छलफलको बारेमा सुझाव आयोगका पधाधिकारीसँग सल्लाह लिने सहमति भएको थियो । आयोगको तर्फबाट पेस भएका २ छुट्टाछुट्टै प्रतिवेदनमा ११ र ६ राज्यको अवधारणा प्रस्तुत गरिएको थियो ।
यसैबीच सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ । पोखरा विमानस्थको स्तरबृद्विको लागि विदेशी कम्पनीसँग भएको सम्झौताको बारेमा जानकारी लिन अर्थमन्त्रालयका अधिकारीहरुलाई बैठकमा बोलाइएको समितिले जनाएको छ । सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेपछि सिंहदरवारमा सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका