सत्ता कब्जा गर्ने रणनीति अन्तर्गत बजेट ल्याउने कोशिस: बामदेव गौतम

२७ कार्तिक २०६९, सोमबार १३:५८ मा प्रकाशित

काठमाडौँ, २७ कात्तिक । एमाले उपाध्यक्ष वामदेव गौतमले भट्टराई नेतृत्वको एमाओबादी सरकार संविधान विपरीत कार्य गर्दै सत्ता कब्जा गर्ने रणनीतिमा लागेको आरोप लगाएका छन् । गौतमले भने, ‘कामचलाउ सरकारले बजेट ल्याउन खोज्नु नितान्त असंवैधानिक हो भने ।’ एमाले काठमाडौँ महानगर ३२ वडा द्वारा दीपावली र नेपाल संवतको अवसरमा आज राजधानीमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा उपाध्यक्ष गौतमले एमाओवादी र मधेसी मोर्चा मुलुकलाई टुक्र्याउँदै सत्ता कब्जा गर्नका लागि उद्दत रहेकाले बताउदै संविधान विपरीत कार्य गर्दै सत्ता कब्जा गर्ने रणनीति अन्तर्गत एकलौटी रुपमा बजेट ल्याउन खोजिएको बताए । गौतमले भने, ‘जातीयताका आधारमा राज्यलाई सङ्घीयतामा लैजान खोज्नु राज्य टुक्र्याउने खेल मात्रै हो, यसले सदियौँदेखि नेपालमा बसोवास गर्ने नेपालीको भावनालाई सम्बोधन गर्न सक्दैन र यो कदापि मान्य हुँदैन। गौतमले मुलुकमा राजनीतिक र संवैधानिक सङ्कट पैदा गरेर सङ्क्रमणकाल लम्ब्याउने सत्ता पक्षको चालबाजीविरुद्ध काँग्रेस, एमाले लगायतका विपक्षी दलले आन्दोलनको घोषणा गर्नुपरेको स्पष्ट पार्दै अबको आन्दोलनले एमाओबदिको सत्ता कब्जाको सपनालाई चकनाचुर पार्ने बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार