सत्ता लम्ब्याउने दाउमा एमाओवादीः कोइराला

२७ कार्तिक २०६९, सोमबार १३:५५ मा प्रकाशित

काठमाडौँ, २७ कात्तिक । कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादीले सहमतिका नाउँमा सत्ता लम्बाइरहेको आरोप लगाएका छन् । नेपाल तामाङ संघले आज काठमाडौँमा गरेको चियापान कार्यक्रममा कोइरालाले सहमतिको झुटो प्रचार गर्दै एकीकृत माओवादीले सत्ता लम्बाइरहेको आरोप लगाएका हुन् । उनले एकीकृत माओवादीले सर्वसत्तावाद लाद्न खोजेको भन्दै त्यसलाई आन्दोलनबाट नै परास्त गर्ने उल्लेख गरे । कांग्रेस नेता गगन थापाले प्रधानमन्त्रीले सत्ता लम्बाउनका लागि मुलुकलाई दाउमा राखेको आरोप लगाए । उनले आफूहरूले घोषणा गरेको आन्दोलनले एकीकृत माओवादीलाई सहमतिमा ल्याउने दाबीसमेत गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार