सहमतिको लागि म्याद थप गर्न संवैधानिक समितिको बैठक बस्दै

१० चैत्र २०६८, शुक्रबार ०८:४६ मा प्रकाशित

काठमाडौ, १० चैत । विवाद समाधानको लागि उपसमितिलाई दिइएको १० दिनको समयमा कुनै उपलब्धी प्राप्त हुन नसकेपछि विवादित बुँदामा सहमति गर्न अपनाइने प्रक्रियाको बारेमा छलफल गर्न संवैधानिक समितिको बैठक आज बस्दैछ । संविधानसभाले संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन विवाद समाधान उपसमितिलाई कार्यव्यवस्था परामर्श समितिले १० दिनको समय उपलव्ध गराएको थियो । दिउँसो ३ बजे सिंहदरवारमा सुरु हुने बैठकमा थप गरिएको समयमा विवादित बुँदामा सहमति गर्न भएका प्रयास तथा आगामी प्रक्रियाको बारेमा छलफल हुनेछ । स्रोतका अनुसार  उपसमितिको बैठकमा कुनै सहमति हुननसकेमा विवाद समाधानको लागि उपसमितिलाई केही दिनको समय फेरि थप गर्ने बारेमा शीर्ष नेताहरुबीच छलफल भएको छ । उपसमितिको बैठकमा कुनै ठोस सहमति भएको खण्डमा भने दिउँसोको संवैधानिक समितिले अनुमोदनको लागि प्रक्रिया अघि बढाउनेछ । शासकीय स्वरुप, राज्यपुनर्संरचना, न्यायप्रणाली लगायतका बिभिन्न ५ विषयमा दलहरुबीच मुख्य विवाद छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त भएन । संसदले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका छन्