केयुबाट शर्माले किन दिनुपरयो राजीनामा ?

२७ कार्तिक २०६९, सोमबार १०:१६ मा प्रकाशित

काठमाडौं, २७ कात्तिक । बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले प्राज्ञिक क्षेत्रमासमेत निर्लज्ज हस्तक्षेप सुरु गरेको छ। दक्ष जनशक्ति उत्पादनका कारण अन्तर्राष्ट्रियस्तरमा नाम कमाएको काठमाडौं विश्वविद्यालयमा बाबुराम भट्टराई नेतृत्वको सरकारको हस्तक्षेपको असली अनुहार सार्वजनिक भएको हो। संस्थापनाकालदेखि नै विश्वविद्यालयलाई सफल नेतृत्व प्रदान गरेर व्यावसायिक छविका कारण चर्चाको शिखरमा रहेका उपकुलपति प्राडा सुरेशराज शर्मालाई राजीनामा दिन बाध्य बनाएर सरकारले हस्तक्षेपकारी रबैया देखाएको छ। राजीनामा प्रकरण आफैंमा सन्देहको घेरामा फसेको छ। शर्माले युवा नेतृत्वका लागि आफूले राजीनामा दिएको बताए पनि प्रधानमन्त्रीको निरन्तर दबाबबाट आजित भएर राजीनामा दिन बाध्य भएको विश्वविद्यालयका पदाधिकारीहरूले बताएका छन्।

स्थापनाकालदेखि निरन्तर नेतृत्व गर्दै आएका शर्मालाई कुलपतिका हैसियतमा बाबुराम भट्टराईले नै छैटौं पटक नियुक्त गरेका थिए। व्यावसायिक छवि बनाएका शर्माले माओवादीका स्वार्थमिश्रित दबाबलाई बेवास्ता गरेकै कारण उनी निशाना बन्दै आएको चर्चा चल्दै आएको थियो। स्रोतका अनुसार विश्वविद्यालयको सहउपकुलपतिको हैसियतमा रहेका शिक्षामन्त्री दिनानाथ शर्मा र उनी निकट कार्यकर्ताको कमिसन मोहको उद्देश्यबाट आएका प्रस्ताव अस्वीकार गरेकै कारण शर्मालाई विवादमा तान्ने प्रयत्न भएको थियो। अखिल क्रान्तिकारीबाट भएको तालाबन्दी यसकै उपज रहेको बताइन्छ ।
सिनेट बैठकमा सिनेट सदस्यहरूलाई नै आश्चर्यमा पर्ने गरी आएको राजीनामा पछाडिका रहस्यहरू एकपछिअर्को बाहिर आउन थालेका छन्। दुई मेडिकल कलेजलाई सम्बन्धन नदिएको र छात्रवृत्तिलगायतको लिस्ट अस्वीकार गरेकै निहुँमा शर्मालाई राजीनामा दिन बाध्य पारिएको स्रोतले बताएको छ। मेडिकल कलेजको सम्बन्धनमा शिक्षामन्त्री र माओवादी कार्यकर्तालाई कमिसनको प्रलोभन देखाइएको थियो। सरकारले आफ्नो दुनो सोझ्याउन शिक्षामन्त्रीकै संयोजकत्वमा उपकुलपति नियुक्तिका लागि तीन सदस्यीय समिति पनि बनाएको छ। समितिलाई आड बनाएर प्रधानमन्त्री र शिक्षामन्त्रीले आफू निकटका व्यक्तिलाई ल्याउने तयारी गरिहेको बताइएको छ।
ुजनयुद्धु कालमै आफ्ना नेता तथा कार्यकर्तालाई निःशुल्क अध्ययन गराउन दबाब दिँदै आएको माओवादीले पछिल्लो समयमा विभिन्न मेडिकल कलेजलाई सम्बधन दिलाउन दबाब दिँदै आएको थियो। पछिल्लो समय रुपन्देहीको देवदह मेडिकल कलेजलाई सम्बधन दिलाउन लागि परेका शिक्षा मन्त्री दिनानाथ शर्माले त्यसो गर्न नमानेपछि अन्नततः राजिनामा गर्नै बाध्य बनाए। स्रोतका अनुसार देवदह मेडिकल कलेजलाई सम्बन्धन दिलाउन मन्त्री शर्माले मोटो रकम असुलेका थिए। तर चार वर्ष अघि काठमाडौं विश्वविद्यालयको सिनेटले नया कलेजहरूलाई सम्बन्धन नदिने भन्ने निर्णयका कारण उपकुलपति शर्माले मन्त्री शर्माको दबाबलाई टेरेनन्। उनले सिनेटले फेरी सम्बन्धन खोल्ने निर्णय गरेमा आफूले दिने भन्दै गत बुधवार सिनेटको बैठक समेत डाके। तर सिनेटको पछिल्लो बैठकले समेत नया कलेजहरूलाई सम्बधन नदिने भन्ने निर्णय गर्‍यो। यति हुदा हुँदै पनि सिनेटको माइन्युटमा सम्बन्धन दिने भन्ने लेख्न डा. शर्मालाई मन्त्री शर्माले दबाब दिए। त्यसलाई अस्वीकार गरेपछि अन्ततः प्रधानमन्त्री भट्टराईले शर्माको राजिनामा मागेका थिए। कामचलाउ प्रधानमन्त्री भट्टराईले उपकुलपति शर्मालाई फोन गरेर विश्वविद्यालयको उपकुलपति परिवर्तनको विधि सोधेपछि शर्माले राजिनामा गरेको स्रोत वताउछ। शर्माले राजिनामा दिएको २४ घन्टा वित्न नपाउदै भट्टराईले नया उपकुलपति नियुक्तीको लागि समिति बनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना