ओलम्पिक छिर्न लामाको तानाबाना

२७ कार्तिक २०६९, सोमबार १०:०६ मा प्रकाशित

काठमाडौं, २७ कात्तिक । व्यक्तिगत लाभकै लागि एमाओवादी प्रवेश गरेर राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पद हत्याउन सफल युवराज लामा एकपटक फेरि ओलम्पिकमा बाटो बनाउने तयारीमा जुटेका छन् । विश्वस्त सूत्रले दिएको जानकारीअनुसार युवराज लामा र ओलम्पिक कमिटिका ध्रुवबहादुर प्रधानबीच यो विषयलाई लिएर पटकपटक वार्ता भएको छ। यो प्रक्रियामा अगाडि बढ्नका लागि तगारो बनेका जीवनराम श्रेष्ठलाई हटाउन विभिन्न खाले हतकन्डा अपनाउने तयारी पनि यो टोलीले गरेको बताइन्छ। त्यसैका लागि जीवनराम श्रेष्ठ सदस्यसचिव हुँदा सम्पन्न भएको पाँचौं राष्ट्रिय खेलकुदको छानबिन गर्नका लागि भनेर राखेपले एउटा छानबिन समिति पनि गठन गरेको छ। स्मरण रहोस्, नेपाल ओलम्पिक कमिटीमा आफूसहित पाँचजना प्रवेश गराउन नपाएपछि नेपाल ओलम्पिक कमिटीसँग लामा बिच्किएका थिए ।
प्रधानको ओलम्पिक कमिटीसँग विद्रोह गरेका रवि राजकर्णिकारसहितको टोलीले आईओसी र ओसीएलाई पठाएको पत्रको जवाफ पनि आइसकेको बताइन्छ। त्यो पत्रमा नेपालमा ओलम्पिकसँग सम्बन्धित सबै विषयवस्तुमा प्रधानको कमिटीसँग छलफल गर्न भनिएको स्रोतको दाबी छ। आईओसी र ओसीएले पठाएको पत्रपछि युवराज लामासहितको टोली निराश भएको छ। त्यसैकारण नेपालको विवाद समाधान गर्न सहयोग गर्न भनेर आग्रहसहितको पत्र नेपाल सरकारबाटै पठाउने खेल पनि लामा समूहले गरेको छ। नेपालको विवादलाई लिएर ओसीएका हैदर फरमानसहितको टोली नेपाल आउने तयारीमा रहेको बुझिन्छ। तर यो बीचमा कुरा मिलाउन सके आफू ओलम्पिक कमिटीमा प्रवेश गर्न सक्ने सम्भावना भएकाले राखेप सदस्यसचिव युवराज लामा तानावाना बुन्नमा व्यस्त रहेको छ। यो अवस्था पार गरेर ओलम्पिक कमिटीको विशेष साधारणसभा गर्ने र त्यसैको आडमा ओलम्पिकमा प्रवेश गर्ने योजनमा युवराज लामा टोली रहेको छ तर त्यस्तो सम्भावना अत्यन्त न्यून रहेको खेलसम्वद्ध व्यक्तिहरु बताउँछन् ।
ओमनको मस्कटमा हालै सम्पन्न ओसीएको बैठकमा पनि नेपालको ओलम्पिक विवादको विषयमा छलफल भएको बताइन्छ। युवराज लामा समूहले नेपालको ओलम्पिक विवाद समाधान गर्न अन्तर्राष्ट्रिय समुदायले पनि चासो दिएकाले अबका दिनमा त्यस्तो अवस्था नआउने दाबी गरिरहेको छ। ओसीएका निर्देशक हैदर फरमानले नेपालको विवाद समाधान गर्न आफूहरूसँग पनि वार्ता गर्ने दाबी युवराज लामा समूहको छ। यता ध्रुवबहादुर प्रधान र जीवनराम श्रेष्ठबीच पनि गुटबन्दी बढ्दै गएको अनुमान गरिएको छ। लामा टेण्डी शेर्पासहित लक्ष्मण श्रेष्ठहरूको समूह जीवनराम श्रेष्ठको गुटमा लागेको बताइन्छ। यो गुटमा नेपाल बक्सिड संघका अध्यक्ष राजीव श्रेष्ठ भए पनि पछिल्लो समय उनी युवराज लामाकै गुटमा लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । इटालीयन सिरी ए मा युभेन्ट्सले सातौँ जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले सालेरनितानलाई २-० अन्तरले

काठमाडौं।साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो

काठमाडौं।ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना

काठमाडौं । अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन्

आजको प्रमुख समाचार