बिपक्षी दलहरुको सहमति बिनानै करिब साढे ४ खर्बको बजेट ल्याइदै

२७ कार्तिक २०६९, सोमबार ०९:४१ मा प्रकाशित

काठमाडौ, २७ कार्तिक । बिपक्षी दलहरुको सहमति बिनानै एमाओवादी अर्थमन्त्रीको नेतृत्वमा अर्थ मन्त्रालयले आर्थिक वर्ष २०६९-७० का लागि तयार पारेको झन्डै साढे चार खर्ब रुपैयाँको बजेट आज राष्ट्रपति रामवरण यादव समक्ष प्रस्तुत गर्ने तयारि गरिएको छ । आज राष्ट्रपति रामवरण यादव समक्ष प्रस्तुत गर्नका लागि अर्थमन्त्री वर्षमान पुन दिउँसो १ बजे राष्ट्रपति यादवलाई भेट्न शितल निवास जादै छन् । आइतबार अबेरसम्म पनि बजेटबारे राजनीतिक सहमति नभए पछी अर्थमन्त्री वर्षमान पुनले पार्टीको निर्देशन अनुसार आर्थिक वर्ष २०६९-७० का लागि तयार पारिएको बजेट राष्ट्रपति रामवरण यादव समक्ष प्रस्तुत गर्ने तयारी गरेका हुन् । अर्थ श्रोतका अनुसार दलहरु बिचको सहमतिको प्रयास सफल भए आजको कार्यक्रम स्थगित गरि सहमतिमा बजेट ल्याइने छ । गत साता प्रधानमन्त्री बाबुराम भट्टराई र अर्थमन्त्री पुनले अर्थका अधिकारीहरूलाई सहमति नभए पनि सोमबार राष्ट्रपति समक्ष बजेट पेस गर्ने भन्दै कुनै हालतमा बजेट तयार पार्न निर्देशन दिएका थिए । त्यस लगत्तै अर्थले योजना आयोगको सीमामा रहेर ३० अर्ब रुपैयाँ थपी करिब ४ खर्ब ५८ अर्ब रुपैयाँको बजेट तयार पारेको हो । अर्थले तयार गरिरहे पनि विपक्षी दलहरू भने सहमति नभई बजेट नल्याउन दबाब दिइरहेका छन् । पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता रामशरण महतले छलफलमा सहमति नभई बजेट ल्याइदैन भन्ने र अहिले जबर्जस्ती ल्याउन खोज्नु राजनीतिक बेइमानी भएको बताए । महतले जोड दिदै भने, एक तर्फी बजेट ल्याउन खोज्नु राजनीतिक बेइमानी हो ।’ अर्थ मन्त्रालयका अनुसार यो अवधिमा झन्डै ३० प्रतिशतले गत वर्षभन्दा बढी राजस्व उठेको छ जसको आधरमा सरकार  बढी खर्च गर्न हौसिएको छ । अर्थले तयार गरेको बजेटमा १० अर्ब रुपियाँ निर्वाचनका लागि छुट्टयाएको छ । सरकारले आफुले तोकेको मितिमा निर्बाचन हुन नसके पछी यस पटक वैशाख दोस्रो सातालाई निर्बाचन तोकेको छ । अर्थ श्रोतका अनुसार गत असारमा सार्वजनिक गरिएको १ खर्ब ६१ अर्ब रुपैयाँको खर्चलाई यो बजेटमा समावेश गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले