तिहारमा फूलको अभाव कायमै

२७ कार्तिक २०६९, सोमबार ०९:४१ मा प्रकाशित

काठमाडौं, २७ कात्तिक । अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि तिहारमा फूलको अभाव हुने भएको छ । फूलको अभाव राजधानी लगायत मुलुक भर हुने व्यवसायीहरुले बताएका छन् । उनीहरुका अनुसार फूल उत्पादनमा कमी आएकाले अभाव हुने भएको हो ।
फूलको अभावका कारण सहरमा मात्र नभएर गाउँमा समेत प्लास्टिकका कृत्रिम फूल प्रयोग गर्नुपर्ने बाध्यता छ । गाउँमा फूल नभएकाले सहरमा भएका आफन्तबाट फूल झिकाएर तिहारमा माला बनाउने तयारी गरेको कालिका गाविसकी सावित्रा कार्कीले बताइन् ।
गाउँमा सयपत्री नपाएकाले बजारका कृत्रिम फूल किन्न गाउँ गाउँबाट सर्वसाधारण आउने गरेको सदरमुकाममा प्लास्टिकको फूल व्यापार गर्दै आएका लक्ष्मी शाहले बताए । तिहारमा करोड भन्दा बढी मूलयको फुलको कारोबार हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

आजको प्रमुख समाचार