संविधानका विवादित विषयमा सहमति जुटाउन विवाद समाधान उपसमितिको बैठक

१० चैत्र २०६८, शुक्रबार ०८:४५ मा प्रकाशित

काठमाडौ, १० चैत । पूर्वनिर्धारित १० दिनको म्याद सकिन एक दिन मात्रै बाँकी रहँदा विवाद समाधान उपसमितिको बैठक आज बसेको छ । गएको चैत १ गते बसेको संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संविधानका विवादका बिषयमा सहमति जुटाउन उपसमितिलाई १० दिनको समय दिएको थियो । भावी संविधानका विवादित बुँदामा सहमति गर्ने बारेमा छलफल गर्न संवैधानिक समिति मातहतमा रहेको विवाद समाधान उपसमितिको बैठक आज बसेको हो । जारीे उपसमिति बैठकमा भावी संविधानका विवादका बुँदामा छलफल गरेर सहमतिको प्रयास भईरहेको बताईएको छ । यसअघि उपसमितिमा सहमति भएका बुँदामा उत्पन्न समस्या र समाधानको उपायको बारेमा पनि बैठकमा छलफल हुने उपसमिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समयमा विवाद समाधानको लागि दलहरुबीचको छलफल निचोडमा नपुगेकोले कुनै निर्णय वा सहमति हुने संभावना न्यून रहेको छ । यद्यपी ३ दिनअघि सभामुख सुवास नेम्वाङको उपस्थितिमा भएको छलफलमा दलहरुले २÷३ दिनभित्रैमा शान्ति र संविधानको बिषयमा ठोस सहमति गर्ने प्रतिवद्वता जनाएका थिए । हिजो बसेको माओवादी लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिको बैठकले माओवादी लडाकुको समायोजनको लागि कार्ययाजना पेस गर्न आफू मातहतको सचिवालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको