एक मंसिरमा प्रथम कर दिवस मनाइने

२७ कार्तिक २०६९, सोमबार ०९:२७ मा प्रकाशित

काठमाडौं, २७ कात्तिक । सरकारले मंसिर एक गते प्रथम कर दिवस मनाउने भएको छ । सरकारले करको महत्व र आवश्यकतालाई नागरिक तहसम्म सञ्चार गर्ने उद्देश्यले कर दिवस मनाउन लागेको आन्तरिक राजस्व विभागले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । विभागका अनुसार ‘करको चर्चा घर घरमा गरौँ, कर तिरौँ, राष्ट्र निर्माणमा सहभागी बनौँ’ भन्ने मूल नारामा आधारित रहेर एक साता करका विषयमा जानकारी दिन र सचेतनामूलक कार्यक्रम गर्न लागिएको छ । कर सप्ताह मनाउन विभागका महानिर्देशक टङ्कमणि शर्माको संयोजकत्वमा १५ सदस्यीय राष्ट्रिय कर दिवस २०६९ मूल समारोह समिति गठन गरिएको छ ।

आयोजक समितिमा निजी क्षेत्र, पत्रकार र सामाजिक क्षेत्रका विभिन्न सङ्घसंस्थालाई समावेश गराइएको र उनीहरुसँगको सहकार्यमा दिवस मनाउन लागिएको संयोजक शर्माले बताए । उनका अनुसार दिवसको उद्घाटन बेला प्रधानमन्त्री डा बाबुराम भट्टराईले करसम्बन्धी रणनीतिक योजना तथा सुधारका कार्यक्रमहरु सार्वजनिक गर्नुहुनेछ भने मन्त्रीहरुलाई स्थायी लेखा नम्बर वितरण गरिने छ ।

त्यस्तै विभाग तथा उपत्यकाका कार्यालयहरुका कर्मचारी र विभिन्न वस्तुगत सङ्घसंस्थाको सहकार्यमा प्रभात फेरी गर्ने, करदाता सेवा कार्यालयमा करसम्बन्धी नारा भएको होर्डिङ बोर्ड राख्ने र करसम्बन्धी छलफल तथा बहस चलाउनेलगायतका कार्यक्रमहरु आयोजना गरिने छ ।

यस अतिरिक्त घुम्ती सेवा सञ्चालन गरी करदाताहरुको घरदैलोमा गई स्थायी लेखा नम्बर तथा अन्तःशुल्क इजाजत वितरण गर्ने र कर विवरण सङ्कलन गर्ने संयोजक शर्माले जानकारी दिनुभयो ।

कर कार्यालयको ५३ वर्षको इतिहासमा पहिलो पटक कर दिवस मनाउन लागिएको उल्लेख गर्दै संयोजक शर्माले राजस्व प्रशासनलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन दिवसबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी