वैरो विभागबाट प्रधानमन्त्री पत्नीले यसरी कुम्ल्याउँछिन्

२७ कार्तिक २०६९, सोमबार ०९:२० मा प्रकाशित

काठमाडौं, २७ कात्तिक । वैदेशिक रोजगार विभागमा हुने अनियमितताका ठूलो हिस्सा प्रधानमन्त्री बाबुराम भट्टराईसम्म पुग्ने गरेको विभाग–श्रोतले दाबी गरेको छ । गतसाल प्रधानमन्त्रीमा नियुक्ति भएपछि डा. भट्टराईले विभागीय प्रमुखहरुको भेला बोलाई कार्यालयमा हुने गरेका अनियमितता र सेवाप्रवाहका बारेमा जानकारी लिएका थिए । प्रधानमन्त्रीको जानकारीपछि विभागका तत्कालिन महानिर्देशक नरेन्द्र शर्माले विभागमा हुने गरेका सबै अनियमितताका बारेमा जानकारी दिएपछि शर्मालाई हटाएर प्रधानमन्त्री भट्टराईले पूर्णचन्द्र भट्टराईलाई ठाडो नियुक्ति गरेका थिए ।
तत्कालिन श्रममन्त्री सरिता गिरी र महानिर्देशक भट्टराईबीच टकराव बढेपछि श्रममन्त्री रहेकी गिरीले महानिर्देशक भट्टराईलाई हटाएर श्रमविभागमा महानिर्देशक रहेका मानबहादुर बि.क.लाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्ति गरेकी थिइन् । यसरी आफ्ना मान्छेलाई हटाएको झोंकमा प्रधानमन्त्री भट्टराईले गिरीलाई नै मन्त्रीपदबाट बर्खास्त गरी पूर्णचन्द्र भट्टराईलाई नै महानिर्देशक बनाएका थिए । भट्टराई हालसम्म कार्यरत छन् ।
श्रोतका अनुसार प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पत्नी हिसिला यामीले विभागबाट साप्ताहिक र मासिक रुपमा अनियमित रकमको कमिसन लिने गरेको विभाग श्रोतले उल्लेख गरेको छ । विभागमा दैनिक करोडौंका वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरीहरु आउने गरेका छन् । माओवादी जनयुद्धकालमा म्यानपावर व्यवसायीको चन्दाबाट युद्ध लडेका माओवादीहरुले वैदेशिक रोजगारलाई राम्रैसँग बुझेको मान्न सकिने एक व्यवसायीको कथन छ । दैनिक लाखौ रुपैयाँ अनियमितता हुने विभागमा सुरुका दिनमाभन्दा भ्रष्टाचार व्यापक र संस्थागत रुपमै विकसित भएको छ । भ्रष्टाचार नियन्त्रण गर्न विभाग आएका पूर्णचन्द्र भट्टराई श्रम मन्त्रालयको वैदेशिक शाखामा सहसचिबको जिम्मेवारी सम्हालेर बसेका थिए । विभागमा हाल ७५ प्रतिशत माओवादी समर्थक कर्मचारीहरु सरुवा भएर आएका छन् ।
विभागमा आउने अधिकांश कर्मचारीले माओवादी नेतृ तथा प्रधानमन्त्री डा. भट्टराईकी पत्नी हिसिला यामीलाई अवैध रकम बुझाएर वा बुझाउने शर्तमा विभाग आएको श्रोतले उल्लेख गरेको छ । खुद्रा घुषको कारोवार नगर्ने यामीले होलसेलमै पेटीक्यास लिने गरेको श्रोतको दाबी छ ।
उता प्रधानमन्त्री डा. भट्टराईले काम लिएर आउने जो–कोहीलाई ‘भाउजु’ उर्फ हिसिला यामीलाई भेट्नु भनेर निर्देशन दिने गरेका छन् । गतसाल दशैंपछिदेखि हालसम्मको अवधिमा अर्वौ घुषवापतको रकम नेतृ यामीले प्राप्त गरेको अनुमान व्यवसायीहरुले गरेका छन् । त्यसका अलावा जागिर लगाईदिनेदेखि विभिन्न बहानामा नियुक्ति र सरुवाको काम लिएर आउने व्यक्तिहरुसमेतबाट अनियमित रकम उठाईने गरेको श्रोतको दाबी छ । सर्बहाराको नारा दिएर वैदेशिक रोजगारीमा जाने गरिब नागरिकको घरघडेरी र महङ्गो ब्याजको रकमले प्रधानमन्त्रीदेखि देशको ठूलो अर्थतन्त्रलाई प्रभावमा राखेको अवस्थामा प्रधानमन्त्री भट्टराईले भ्रष्टाचार निर्मुल पार्ने निहुमा अङ्गअङ्ग छिचोलेर ठूलो रकम धनराशी जम्मा गरेको निकटवर्ती श्रोतले दाबी छ । विभागमा विगतमा चारहजारदेखि पाँचहजारको बिचमा हुने श्रमस्वीकृतिको काम जनही पचासहजार सम्म अनियमित रकम पुगेको छ । रोजगारीमा जाने व्यक्तिले तिर्ने यो रकम घुषवापतको मात्रै हो । हवाई टिकटदेखि विमा, कल्याणकारी राजस्व, अभिमुखीकरण तालिम र भिजा चार्ज त्यो रकमभित्र पर्दैन ।
वैदेशिक रोजगार व्यवसायी र एजेन्टहरुका अनुसार विगतमा नभएको भ्रष्टाचार यतिवेला भएको छ । विभागको दर्तादेखि माथिसम्मै घुषवापतको रकम बुझाउनु पर्छ । ‘सेतु’को रुपमा रहेका महानिर्देशक भट्टराईकै योजनामा विभागमा करिब आधादर्जन गैरसरकारी संस्थाले अड्डा जमाएर बसेका छन् भने डलरको खेती गर्न पल्केका भट्टराईले आफुनिकट व्यक्तिहरुलाई श्रव्यदृष्य बनाएर काम गरेको देखाउन लागिपरेका छन् । काठमाडौं, भरतपुर चितवन र तनहुँ–गोर्खामा भव्य महल बनाएका भट्टराई खानदानी परिवारकै व्यक्ति मानिन्छन् । तर, सहसचिवको तलवभत्ताले यो सबै सम्भव भयो भन्नु भने व्यर्थै हो । अर्कोतर्फ विभागको उजुरी शाखाले कानुन हातमा लिएर घुषकै भरमा अभियुक्त पिडकलाई धरौटीमा छाड्ने पिडितको मर्का नबुभ्mने गरेको विभागको पुरानो परम्परा नै हो । उपल्लो तहकै योजनामा होटल, गेष्टहाउस, ट्राभल्स र करिब दुईसय एजेन्टसँग जम्मा भएका हजारौं पासपोर्टलाई तिहारको मौका छोपेर अवैध रकमको भरमा श्रमस्वीकृति दिन तिहारभरी नै विभागको नविकरण शाखा खुल्ला रहने जानकारी पनि प्राप्त भएको छ । विगतमा खुलमखुल्ला घुषको कारोवारमा हाल खुल्ला घुष नभए पनि तिहारमा अनियमित रकमको ठूलो चलखेल हुने पक्कापक्की भएको श्रोतले दावी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको