दिपावली अवधिभर लोडसेडिङ नहुने

२७ कार्तिक २०६९, सोमबार ०९:१६ मा प्रकाशित

काठमाडौ, २७ कात्तिक । दिपावल अवधिभर मुलुकमा लोडसेडिङ नहुने भएको छ ।  विद्युत् प्राधिकरणले बडादसैंमा जस्तै तिहार पर्वका प्रमुख तीन दिन लक्ष्मी पूजा, गोवर्धन पूजा/म्हः पूजा र भाइटीकाको दिन लोडसेडिङ नगर्ने भएको हो ।

उनका अनुसार कुलेखानी जलाशयबाट सञ्चालन हुने दुवै आयोजनाबाट विद्युत् उत्पादन गरी तिहारको तीन दिन मंगलबार, बुधबार र बिहीबार मुलुकभर चौबीसै घन्टा बिजुली दिइनेछ । दिनको दुई पटक गरी ६ घन्टा लोडसेडिङको मार खेपिरहेका उपभोक्ताले तिहारको तीन दिन भने चौबीसै घन्टा बिजुली बाल्न पाउने छन् ।

कुलेखानी मुलुकमा विद्युत्को चरम अभाव हुने समयमा बिजुली उत्पादन गरी लोडसेडिङ कम गर्ने आयोजना हो । उज्यालो पर्वमा उपभोक्तालाई अँध्यारामा बस्नु नपरोस् भनेर तिहारमा कुलेखानी आयोजना चलाएर मुलुकलाई लोडसेडिङमुक्त गर्न लागिएको हो ।

उर्ज सचिव हरिराम कोइरालाले ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो जलाशययुक्त आयोजना चौबीसै घन्टा चलाएर भने पनि तिहार पर्वका महत्त्वपूर्ण तीन दिन मुलुकभर लोडसेडिङ नगरिने बताए ।

ुयस वर्ष कुलेखानीको जलाशय इन्द्र सरोवर भरिनुका साथै सिमेन्टका बोराले छेकी थप ४० सेन्टिमिटर पानी जम्मा गरिएको छ । कुलेखानीका दुवै आयोजना चलाएर तिहारका बेला तीन दिन लोडसेडिङ गरिने छैन । उज्यालो पर्व तिहारमा उपभोक्ताहरू अँध्यारामा बस्नुपर्ने छैन, उनले  भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार