बोक्सीको आरोपलगाउँदै महिलामाथि अभद्र व्यवहार

२७ कार्तिक २०६९, सोमबार ०८:५९ मा प्रकाशित

कलैया, २७ कात्तिक । स्थानीयले बारा बेलदारी–६ की आशादेवी यादवलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिट गर्नुका साथै चरम अभद्र व्यवहार गरेका छन् ।

कुटपिटबाट घाइते ३५ वर्षीय यादवको कलैया अस्पतालमा उपचार भइरहेको छ । स्थानीय लक्ष्मी यादव, रमेश यादव, मंगनी यादवलगायतले उनीमाथि कुटपिट गरेका हुन् । उनीहरूले यादवलाई मलमूत्र खुवाएर कुटपिट गरी कपालसमेत काटिदिएका थिए । स्थानीय मंगनी यादवकी ३ वर्षीया नातिनीलाई टुनामुना गरेपछि मारेको आरोपमा उनीमाथि कुटपिट भएको बताइएको छ । टुनामुना गरेर अरूका छोराछोरी मारेको आरोपमा आफूलाई मलमूत्र खुवाएर कुटपिट गरेको यादवले बताइन् । ‘उनीहरूले कुटपिट गरी मलाई मलमूत्र खुवाए, कपालसमेत काटिदिए,’ उनले भनिन्, ‘निर्दोषमाथि यस्तो अपराधको आरोप लगाइयो ।’

उनले जिल्ला प्रहरी कार्यालय बारामा आइतबार उनीहरूलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गर्दै मुद्दा दिएकी छन् । उनको जाहेरीबारे जिल्ला प्रहरी कार्यालयमातहतका महिला तथा बालबालिका सेवा केन्द्रलाई जिम्मेवारी दिइएको प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताए । छानबिन गरेर दोषीलाई कडा कारबाही गरिने घिमिरेले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म

काठमाडौँ ।पाँच राजनीतिक दलको गठजोडमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेकोे सय दिन पूरा भैसकेको छ । मुलुकभित्र जारी राजनीतिक गतिरोधका कारण

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको रुकुमपश्चिम र डोल्पा सडकमा  पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । रुकुमपश्चिममा पर्ने त्रिवेणी बजार र