बेल्जियममा प्रथम विश्व युद्धमा विरगति प्राप्त गोर्खालीको सम्झनामा श्रद्धान्जली कार्यक्रम सम्पन्न

२७ कार्तिक २०६९, सोमबार ०७:४५ मा प्रकाशित

बेल्जियम । प्रथम विश्व युद्ध (१९१४–१९१८) मा विरगति प्राप्त गोर्खालीको सम्झनामा गत बर्षझैँ यस बर्ष पनि बेल्जियमको इप्पर, मेनेनगेटमा तमू समाज बेल्जियमको आव्हान एवं मुख्य नेतृत्वमा र वेल्जिममा संगठित सम्पुर्ण जातिय समाज नेपाल आदिबासि जनजाति महासंघ बेल्जियम एन आर एन ए बेल्जियमको सँयुक्त आयोजनामा यहि ११ नोभेम्बर २०१२ आईतबारका दिन श्रद्धान्जली कार्यक्रम सम्पन्न भयो ।

उक्त श्रद्धान्जली कार्यक्रममा तमू समाज बेल्जियमका अध्यक्ष श्री पदम बहादुर तमू, “प्रवासी” नेपाल आदिबासि जनजाति महासंघ बेल्जियमका अध्यक्ष श्री पि जी शेर्पा, एन आर एन बेल्जियमाका अध्यक्ष श्री जानकी तमू, एन आर एन बेल्जियमाका आइ सी सी सदस्य श्री अर्जुन कुमार श्रेष्ठद्धारा सामुहिक रुपमा फुल गुच्छा अर्पण गर्नु भएको थियो ।

त्यसैगरी शेर्पा समाज बेल्जियम, मगर समाज बेल्जियम, तामाङ् समाज बेल्जियम, पासा पुच बेल्जियम, थकाली सेवा समिति बेल्जियम, सँय्क्त किरात समाज बेल्जियम, क्षेत्रि समाज बेल्जियम, सयूक्त किरात समाज, बेल्जियम पत्रकार मित्रहरु, बेल्जियमस्थीत सम्पुर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुका साथै सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुले बिर गोर्खालीहरु प्रति श्रद्धान्जली अर्पण गरीएको थियो । सोहि अवसरमा उपस्थित महानुभाबहरुद्धारा वीर गोर्खालीहरु संम्झना स्वरुप निकट भबिष्यमा निमार्ण हुन गईरहेकोले स्मारक निमार्ण स्थल अवलोकन भयो ।

हाम्रो आव्हान एवं निमन्त्रणालाई सहर्ष स्वीकार गरी कार्यक्रममा उपस्थित सम्पुर्ण पत्रकार महानुभाबहरु संघसंस्थाका प्रतिनिधिहरु प्रति अभार प्रकट गर्दै कार्यक्रम सम्पन्न गर्न र गराउन सहयोग गर्नु हुने सम्पुर्ण महानुभाबहरुलाई धन्यवाद दिदै अगामी सार्थक कार्यक्रमहरुमा अझ एकताबद्ध हुने विश्वास व्यक्त गर्न चाहन्छौ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

आजको प्रमुख समाचार