समाजसेवी बिष्णु माया परियार अमेरिकी विश्व विद्यालयद्वारा सम्मानित

२७ कार्तिक २०६९, सोमबार ०७:२० मा प्रकाशित

विजय थापा, भर्जिनिया, २७ कार्तिक । समाज सेवामा समर्पित बिष्णु माया परियारलाई अमेरिकाको बोस्टनस्थित पाइन् म्यानोर कलेजले सम्मान गरेको छ । बिष्णु माया परियार संलग्न सामाजिक संस्था एड्वनले महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिला उत्थानाको क्षेत्रमा गरेको कार्यको उच्च मुल्यांकन गर्दै कलेजको २०१३ को दिक्षान्त समारोहमा उनलाई सम्मान गर्ने छ । परियार बोस्टनस्थित पाइन् म्यानोर कलेजको सामाजिक संकाय अन्तरगत र अन्तराष्ट्रिय बिकासमा अध्ययनरत क्षात्रा हुन् । कलेजको तर्फबाट अध्यक्ष एलेन एस हूरविट्ज़ले परियारको सामाजिक संस्थाले गरेको कार्यको प्रसंसा गर्दै दलित र उपेक्षित समुदायलाई सशक्तिकरण गर्ने कार्यमा निरन्तर क्रियाशील सम्मानित बिष्णु माया परियार र उनको संस्थालाई बढिया समेत ब्यक्त गरेकी छिन । परियारद्वारा संचालित संस्था एड्वनले हजारौ उपेक्षीत् दलित र सिमान्तकृत बालबालिका उत्थानका लागि बिद्यालय स्थापना र छात्रबृती मार्फत ठुलो योगदान पुर्याएको छ । त्यासी गरि सयौ महिलाहरुलाई महिला सशक्तिकरणका बिभिन्न कार्यक्रमहरु चलाएर परिबर्तनका संबाहक बनाउन समेत सफल भएको छ । नेपालको विकट पहाडी जिल्ला गोर्खाको दलित परिवारमा जन्मिएकी एड्वन कि संस्थापक बिष्णु माया परिवार उक्त सम्मान बाट सम्मानित हुने पहिलो नेपाली हुन् । यस अघि उनले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप विश्व बैंक फ्यामिली नेटवोर्कको ‘मार्गरेट माक्नमारा मेमोरियल’पुरस्कार (२००७),संयुक्त राष्ट्र संघ एसोसिसनको ‘पर्दिता हस्टन मानब अधिकार’ पुरस्कार र अन्य दुई दर्जन भन्दा ज्यादा राष्ट्रिय र अन्तर राष्ट्रिय पुरस्कारबाट सम्मान गरि सकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार