कोरियामा देउसी खेल्दै रमाए नेपाली

२७ कार्तिक २०६९, सोमबार ००:५५ मा प्रकाशित

मिन प्रकाश उप्रेती, कोरिया । कोरियामा रहेका नेपालीले देउसी भैलो र दीपावली कार्यक्रम सम्पन्न गरेका छन् । शनिवार साँझ कोरियाको राजधानी सउल स्थिति तुन्देमुनको फस्ट नेपाल रेष्टुरेण्टमा कार्यक्रम सम्पन्न गरेका हुन् । झापा ममिलन समाज कोरिया र कोरिया सन्देश क्लब को संयुक्त आयोजना तथा फस्ट नेपाल रेष्टुरेण्टको प्रायोजनमा “हाम्रो संकृती हाम्रोशान, प्रवासमा चिनाउ आफ्नो पहिचान” भन्ने उदेश्यमका साथ सम्पन्न भएको उक्त देउसी भैलो तथा दीपावली कार्यक्रममा नेपालीको उल्लेखनीय सहभागिता रहेको थियो । दुई चरणमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कोरियाका लागि नेपाली राजदूत कमान सिह लामा र विशेष अतिथि समाजसेवी तथा हेल्प नेपाल कोरियाका संयोजक रुद्र शर्माले संयुक्तरुपमा पानशमा बत्ती वाली उद्घाटन गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै राजदूत कमान सिह लामाले हाम्रो देश नेपाल धेरै संकृतीको धनिदेश भएकोले सबै संस्कृतीलाई समान व्यवहार गर्नु पर्ने धारण व्यक्त गर्नुभएको थियो । यसै गरी विशेष अतिथि समाजसेवी रुद्र शर्माले कोरियामा झापामिलन समाज र कोरिया सन्देश क्लबले सबै नेपालीलाई समेटेर गरेको यो कार्यक्रम सराहनिय रहेको उल्लेख गर्दै कोरियामा राजदूत लामा काम गर्ने क्षमताको भए पनि त्यही भित्रका केही अल्झाउने ब्याक्तीहरुले काममा बाधा पुर्याउदै गरेकोमा चिन्ता व्यक्त गर्नु भयो । कोरियाको कृषि क्रन्ति विश्वकै उदारणीय भएकोले नेपाल बाट अध्यानको लागि आउने टोलीले उक्त कार्यलाई खर्च र भाषणमा मात्र सीमित नराखी व्यवहारमा उतार्नु पर्ने कुरामा शर्माको जोड थियो । उता कृषि अध्यानको लागी कोरिया पुग्नु भएका एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य सन्देश पौडेलले धेरै कुरामा अग्र र सचेत जिल्लाको रूपमा चिनिएको झापाले कोरियामा सबै नेपालीलाई समेटी गरेको कार्यक्रमलाई धन्यवाद व्यक्त गर्दै अहिलेको देशको विषम् राजनीतिक परिस्थितिमा प्रवासमा भएको नेपालीको एकता सहितको यो कार्यक्रमले सदबुद्धिको सन्देश जाने धारण राख्नु भयो । यसै गरी झापामिलन समाज कोरियाका अध्यक्ष तथा पत्रकार मीन प्रकाश उप्रेतीले कोरियामा नेपाली श्रमिकका समस्यामा दूतावास गम्बिर हुन नसकेकोमा दुख व्यक्त गर्नु भयो । दूतावासमा आफ्ना कुरा राख्न जाँदा तानाशाही कालको सामन्ति साहु सँगै त्रृण माग्न गए जस्तो दूतावासको अवस्थालाई तत्काल सुधार गर्न उप्रेतीले अनुरोध गर्नु भयो । उता एन आर एन कोरियाका उपाध्यक्ष लोचन राईले कोरियामा रहेको नेपाली संपर्क समिति अपाङ्ग जस्तै भएका कारण आफू यसको सुधारका लागि लागेको बताउदै सबैको साथ र सहयोगको अपेक्षामा रहेको बताउनु भयो । उक्त कार्यक्रममा मेड नेपालका अध्यक्ष मीन राज भणडारी, महिलाका लागि महिलाकी अध्यक्ष जुनु गुरुङ, झापामिलन समाज कोरिया सल्हकार मोहन लिम्बु, एन आर एन कोरियाका उपाध्क्षय मणिक लामा, माहासचिब प्रकाश धमला, समाजसेवी मनोज कार्की, थकाली समाज कोरियाकी उपाध्यक्ष मल्लीका थकाली लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको दोस्रो चरणमा कार्यक्रमका अध्यक्ष मीन प्रकाश उप्रेती बाट विधिवत देउसी भट्याउने कार्यको सुरुवाल सँगै राजदूत कामान सिह लामा, विशेष अतिथि रुद्र शर्मा, अतिथि एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य सन्देश पौडेल लागाएत चाच्नु भएको थियो । कार्यक्रममा थप रौनकता यतिबेला आएको थियो जतिबेला नेपालबाट आएका कालाकार प्रकाश तिमिल्सीनाले आप्नो गायनलाई प्रस्तुत गरेका थिए । यसै गरी स्थानीय कलाकार बीसौनी सांगितिक समूहका सीपी थापाको टोली र क्रिएटिभ सांगीतिक समूह रोहित गुरुङको टोलीले कार्यक्रमको अन्तसम्म रमाइला कार्यक्रम पस्किएका थिए । देउसीको सो कार्यक्रमलाई लुम्बिनी रेष्टुरेण्ट र फस्टनेपाल रेष्टुरेण्टले सजिसजाउ भएको नाङ्गलामा उपहार प्रधान गरेका थिए । संस्थालाई अन्य सहयोग गर्नु हुनेहरुमा राजदूत कामना सिह लामा तीस अमेरिकन डलर, रुद्र शर्मा एकलाख पचहतर हाजार वन, ध्यान राई एकलाख वन, मोहन लिम्बु एकलाख दशहजार वन, राशी मान गुरुङ्ग तीस हजार वान, जुनु गुरुङ्ग पचास हजार वन, खगेन्द्र गुरुङ पचास हजार वन रहनु भएको छ । उता दुवै आखाको ज्योति गुमाएका कालाकार प्रकाश तिमिल्सिनालाई झापामिलन समाज र कोरिया सन्देश क्लबको विशेष पहलमा करिब चारलाख वन सहयोग सङ्कलन प्रधान गरिएको थियो ।कोरिया सन्देश क्लबका व्यवस्थापक राजु सन्तोसी थापाले स्वागत मनतब्य राख्नु भएको कार्यक्रमको सञ्चालन झापामिलन समाजका सचिव राजकुमार राईले गर्नु भएको थियो भने उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष मीन प्रकाश उप्रेतीले गर्नु भएको थियो । कार्यक्रममा आयोजक संस्था र प्रयोजक फस्टनेपाल रेष्टुरेण को तर्फबाट निःशुल्क सेलरोटि र परिकार वितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी