अमेरिकामा लक्ष्मी जयन्ती

२७ कार्तिक २०६९, सोमबार ००:१० मा प्रकाशित

फ्लोरिडा । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा च्याप्टरको आयोजनामा १०३औं देवकोटा जयन्ती सम्पन्न भएको खबर छ । कार्यक्रमको शुरुमा फ्लोरिडाका जेष्ठ महिलाहरुले लक्ष्मीको पूजन गरेका थिए भने महाकवि देवकोटाको तस्वीरमा जेष्ठ मान्यवर ज्ञानबहादुर जोशीले माल्यार्पण गर्नु भएको थियो । भर्जिनियावाट आउनु भएका साहित्यकार तथा विश्वपरिक्रमाका प्रधान सम्पादक गोविन्द गिरि प्रेरणाले महाकविको जीवनीका विविध पक्षमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सिर्जना नेपाल, रेखा कुसुम रेग्मी , बिद्या सुवेदी तथा विमल नेपालले कविता वाचन गर्नु भएको थियो । सो अवसरमा च्याप्टरको साहित्यिक मुखपत्र सागरको विमोचन विद्या नेपालले गर्नु भएको थियो भने च्याप्टरका संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरु सुन्दर जोशी, विमल नेपाल तथा च्याप्टरका अध्यक्ष कृष्ण श्रेष्ठले मन्तव्य दिनु भएको थियो । साथै एफएनएका पुर्व अध्यक्ष सन्जय बज्राचार्यले पनि शुभकामना ब्यक्त गर्नु भएको थियो । सो अवसरमा खेलिएको देउसी भैलो कार्यक्रमले तिहारको झझल्को दिलाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

आजको प्रमुख समाचार