प्रधानमन्त्री भट्टराई कपिलवस्तुको चनइमा, प्रतिपक्षहरुद्धारा कालोझन्डा, दर्जनौ घाईते

२७ कार्तिक २०६९, सोमबार ००:०४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही,२६ कार्तिक । प्रत्येक महिनाको एक दिन जनतासँग रात बिताउने कार्यक्रमअन्र्तगत प्रधानमन्त्री बाबुराम  भटराई आज कपिलवस्तुको चनई पुग्नु भएको छ । जिल्लाको चनई गाविसस्थित शहिद परिवार मुस्तफा दर्जीको घरमा प्रधानमन्त्री बास बस्न जानुभएको हो । प्रधानमन्त्री भट्टराई  दिउँसो ४ बजे भैरहवा विमानस्थलमा ओर्लेर सदरमुकाम तौलिहवा, चारनम्बर हँदै चनई पुग्नुभएको हो । चनइ पुग्ने क्रममा प्रधानमन्त्री भट्टराई लाई जिल्लका कपिलवस्तुका आधा दर्जन बढि बिपक्षी दलसम्बद्व कार्यकर्ताले कालोझण्डा देखाएका छन् । कालो झण्डा देखाउने क्रममा जितपुर ४ नं मा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ । आन्दोलनकारीमाथि प्रहरीले गरेको लाठी प्रहारबाट एमाले र काङ्ग्रेसका ५ जना नेता तथा कार्यकर्ता घाईते भएका छन् । घाइते हुनेमा एमालेका शंकर पाण्डे, काङ्ग्रेसका दोलकाराम घिमिरे, मानवअधिकारकर्मी उमानाथ पौडेल लगाएत रहनु भएको छ । पकडीबाट आएको प्रहरी निरीक्षक बाबुराजा पन्त नेतृत्वको टोलीले एकाएक लाठी प्रहार गरि आन्दोलनकारीलाई भगाउन खोजेकाले दोहारो भडप भएको प्रत्यक्षदर्शीले बताएका छन्. । प्रहरी हस्तक्षेपको बिरुद्ध काग्रेस, एमाले र नेकपा–माओबादी निकटका युवा बिद्यार्थीले साढे ४ बजेदेखी एक घण्टाका लागि पूर्वपश्चिमराजमार्ग समेत बन्द गराएका थिए। यस्तै प्रधानमन्त्रि भट्टराईलाई नेपाली कांग्रेस निकट तरुण दलका कार्यकर्ताहरुले रुपन्देहीमा पनि कालो झण्डा देखाएका थिए । प्रधानमन्त्रिलाई भैरहवा विमानस्थलमा तरुण दलका कार्यकर्ताहरुले दिउसो कालो झण्डा देखाएका हुन । कालो झण्डा देखाउदै गरेका तरुण दलका कार्यक्रर्ताहरुलाई सरकारका विरुद्ध नारावाजी गर्दै राजीनामा दिन प्रधानमन्त्रि संग माग गरेका थिए । सो कार्यक्रमको अगुवाई तरुण दलका केन्द्रीय सदस्य चिरन्जीबी जोशी, जिल्ला अध्यक्ष चिरन्जीबी पौडेल लगायतले गर्नुभएको थियो । यसैबीच प्रधानमन्त्री बाबुराम भटराईले रुपन्देहीको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र भित्र रहेको चिडियाखानाको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्घता व्यक्त गनुभएको छ । केन्द्रको विकास र विस्तारका प्रकिया पु¥याएर सहयोग गर्ने प्रधान मन्त्रीले बताउनु भयो । कपिलवस्तु जाने क्रममा भैरहवामा प्रधानमन्त्रीले सो कुरा बताउनु भएको हो । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालको नेतृत्वमा गएको प्रतनिधि मण्डलले प्रधानमन्त्रीलाई भेटी वन विहारका बारेमा माग पत्र पेश गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१