कहाँ बिलायो प्रचण्डको बाचा ?

२६ कार्तिक २०६९, आईतवार १९:२४ मा प्रकाशित

काठमाडौं, २६ कात्तिक । गत साउनमा राजधानीमा आयोजित एमाओवादीको विस्तारित बैठक केही खास कारणले चर्चामा रह्यो । उक्त बैठकलाई चर्चित बनाउने सबभन्दा प्रमुख कारणचाहिँ सो पार्टीका कार्यकर्ताद्वारा आफ्ना अध्यक्ष विलासी बन्दै गएको भनी उठाइएको आवाज नै थियो । हुन पनि कार्यकर्ताहरुको हृदयदेखि निस्केको सो आवाजले प्रचण्डजस्ता धुर्त ठानिएका व्यक्तिलाई समेत उम्कने ठाउँ दिएन र अन्ततः उनले आफू बस्दै आएको लाजिम्पाटस्थित ‘महल’ एक महिनाभित्रै छोड्ने कबुल गर्नु परयो ।
झण्डै चार महिना बित्न लागेको छ, तर प्रचण्डको सो कवुलले हावा खाएको छ । उनले लाजिम्पाट दरबार छोड्ने कुनै संकेतसम्म पनि दिएका छैनन् । त्यतिबेला कार्यकर्ताको आक्रोश शान्त पार्न मात्र उनले विलासी महल त्याग्ने घोषणा गरेको अनुमान गरिएको थियो, त्यो आज सत्य सावित हुन पुगेको छ । आफूले लाजिम्पाट छोड्न नसक्नुको कारणका रुपमा काठमाडौंमा डेरा नपाएको तर्क प्रचण्डले गरेका छन् । योभन्दा अपत्यारिलो, कृत्रिम र हाँसो उठ्दो तर्क अरु के हुन सक्ला ? तर विडम्वना , प्रचण्डको यो लंगडो तर्कमा विश्वास गर्न विवश छन् आम एमाओवादी कार्यकर्ता । विस्तारित बैठकमा शीर्È नेताहरुले सामान्य जीवनशैली अपनाउने प्रस्ताव प्रचण्डले नै ल्याएका थिए भने बैठकले कर्तल ध्वनीका साथ पूस्ताव पारित गरेको थियो । बस्दै आएको घर छोडेर सामान्य घरमा बस्ने बाचा प्रचण्डले गर्दा धेरैले त्यो पत्याएका थिए, तर काठमाडौंमा प्रचण्डका लागि एउटा साधारण घर चार महिना खोज्दा पनि नपाएको कुरा ति कार्यकर्ता कसरी पत्याइरहेका छन्, आश्चर्यकै विषय बन्न पुगेको छ ।
एमाओवादी शान्तिप्रक्रियामा आएपछि प्रचण्ड नया“बजारमा एक घर भाडामा लिएर बसेका थिए । तर, सुरÔाको र पाकिर्ङ एरियालगायतमा असुविधा भएको भन्दै गत वर्Èको माघ पहिलो साता लाजिम्पाटमा आलिसान घर भाडामा लिएपछि उनी नया“बजारबाट सरेका थिए । एउटै कम्पाउन्डमा रहेका अढाई तले दुईवटा घरको दाहालले मासिक एक लाख तीन हजार भाडा तिर्दै आएका छन् । तर, प्रचण्डसँग उठबस गर्ने हैसियतका एक व्यक्तिका अनुसार उक्त घरको मालिक खासमा प्रचण्ड आफै हुन्, पार्टी र कार्यकर्तालाई झुक्याउन मात्र भाडा तिर्ने गरेको नाटक रचिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३