पवन चाम्लिङ काठमाडौंमा

२६ कार्तिक २०६९, आईतवार १९:०३ मा प्रकाशित

काठमाडौं, २६ कात्तिक । भारतको पूर्वोत्तर राज्य सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ नेपालको अनौपचारिक भ्रमणका सिलसिलामा आइतबार अपराह्न काठमाडौँ आइपुगेका छन्। राससले जनाएअनुसार एक साता लामो भ्रमणका क्रममा चाम्लिङकी धर्मपत्नी टीकामाया, छोरी कोमल चाम्लिङ, प्रमुख सचिव आर एस बस्नेतसहित सात सदस्यीय टोली नेपाल आएको हो। उनलाई विमानस्थलमा परराष्ट्र मन्त्रालय र यहाँस्थित भारतीय राजदूताबासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।
सांस्कृतिक एवम् पर्यटकीय उद्देश्यले मुख्यमन्त्री चाम्लिङ परिवारसहित नेपाल आएको यहाँस्थित भारतीय राजदूताबासका प्रवक्ता पीयुष श्रीवास्तवलाई उद्धृत गर्दै राससले जनाएको छ। मुख्यमन्त्री चाम्लिङ नितान्त निजी भ्रमणमा आएका पनि बताइएको छ ।
मुख्यमन्त्रीको टोलीले पशुपतिनाथ र मनकामना मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको र आगामी शनिबार स्वदेश फर्कने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत