कांग्रेसलाई एमाओवादीले आन्दोलनमा होम्यो : ढुंगाना

२६ कार्तिक २०६९, आईतवार १८:२३ मा प्रकाशित

काठमाडौं, २६ कात्तिक । भोली सोमबार एकदिन सहमतिको बाटो हेर्ने त्यसपछि विपक्षी दलहरुलाई पेलेरै भए पनि बजेट ल्याउने निश्कर्षमा बाबुराम सरकार पुगेपछि नेपाली कांग्रेस गम्भीर बनेको सो पार्टीका संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुङगानाले बताएका छन् । सर्वसत्तावादी ढंगले सरकार अघि बढ्न खोजे त्यसविरुद्ध कांग्रेस जस्तोसुकै बलिदानी दिन तयार रहेको चेतावनी दिँदै उनले सहमतिबिना अहिले बजेट आउनै नसक्ने ठोकुवा गरे ।
राजधानीमा आइतबार आयोजित एक कार्यक्रमबीच नेता ढुंगानाले सरकार र माओवादीले योजनावद्ध रुपमा कांग्रेसलाई आन्दोलनमा जान बाध्य पारेको दावी गरे । निर्वाचन गराउन नसकेको असफल र संविधानसभा विघठन गरेर संविधानसभाबाट संविधान बनाउने नेपाली जनताको चाहनामाथि कुठाराघात गरेकोले पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्व स्विकार्न नसकिने भन्दै सहमतिको लागि प्रधानमन्त्रीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने जिकिर गरे ।
मुलुकमा शान्ति र संविधान आउन नसकेकोमा सबै नेपाली नागरिक चिन्तीत भएको अवस्थामा राष्ट्रपतिले चिन्ता ब्यक्त गर्नु स्वभाविक भएको भन्दै ढुङ्गानाले राष्ट्रपतिले नेपाली जनताको इच्छाअनुसार संविधानतः आफ्नो कर्तब्य निर्वाह गर्नुपर्ने सुझाव पनि दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले